जिसस प्रमुख पोर्तेललाई कोरोना संक्रमण

A notice in Nepali from Mechinagar Ward No. 10

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पिसिआर परीक्षणको रिपोट पोजेटिभ आएपछि जिसस प्रमुख पोर्तेलले आफ्नो फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गर्दै आफूसंग सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन समेत आग्रह गर्नु भएको छ ।

हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै वहाँले भन्नु भयो,”मेरो स्वास्थ्य सामान्य छ । म घरमै आइसोलेशनमा बसेको छु, मलाई रोगको कुनै लक्षण छैन ।”

जिसस प्रमुख पोर्तेलले विगत ७ दिन भित्र आफूसंग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र होम आइसोलेशनमा बस्न समेत आग्रह गर्नु भएको छ ।

यस अघि हिजो मात्रै नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना , दमक नगरपालिकाका प्रमुख र वहाँकी पत्नीलाई  समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.