विकराल समस्याका रुपमा रहेको लागूऔषधको कारोवार नियन्त्रण प्रजिअको पहिलो काम

A notice in Nepali from Mechinagar Ward No. 10

१७ कात्तिक मेचीनगर :  जिल्ला प्रशासन कार्यालय झापाका कार्यालय प्रमुख [प्रमुख जिल्ला अधिकारी] शिवराम गेलालले जिल्लामा देखिएको लागूऔषधको सेवन र कारोवारलाई निरुत्साहित गर्न कडा कदम चाल्ने बताएका छन् ।
झापाका तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सरुवा भए लगत्तै जिल्ला प्रशासन कार्यालय धनकुटाबाट तीनदिन अघिमात्र झापाको कमाण्ड सम्हाल्न आइपुगेका प्रमुख जिल्ला अधिकारी गेलालले सोमबार झापाका सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दैं सिडिओ गेलालले झापा जिल्लामा लागूपदार्थ दुव्र्यसन र अवैध कारोबारका घटनामा बृद्धि भएको खवर पाएको र आफुले झापाको कमाण्ड सम्हाले लगत्तै त्यसविरुद्ध कडा कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे । जिल्ला प्रशासन कार्यालय झापाको मुख्यः प्राथमिकतामा लागूपदार्थ नियन्त्रण रहेको प्रष्ट पार्दै यसले समाजमा सिर्जना गर्न सक्ने आपराधिक गतिविधि र हिंसात्मक वातावरणलाई रोक्न प्रशासन तयार रहेको सञ्चारकर्मीमाझ विचार राखे ।


झापा जिल्लाका सुरक्षा निकायले समेत निगरानी र नियन्त्रणका अभियानलाई तीव्र बनाएको भन्दैं प्रजिअ गेलाले यसका लागि थप सरकारी र गैरसरकारी संघ संस्था, नागरिक समाज र सञ्चारकर्मीहरुको पनि साथ सहयोगको आवश्यकता औल्याएका थिए ।
भदौ २३—२४ गतेको जेनजी प्रदर्शनका क्रममा भएका अराजक गतिविधिले प्रहरीको मनोबल खस्किएको छ । नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी लिने प्रहरीको मनोबल फर्काउन कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पछिल्लो घटनाक्रम, जेन जी आन्दोलनपछि देखिएका सुरक्षासम्बन्धी चासो र प्रशासनको भूमिकाबारे प्रश्न राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पछिल्लो समय बढ्दो असुरक्षा र जेन —जी आन्दोलनपछि देखिएका घटनाक्रमलाई प्रशासनले गम्भीर रुपमा लिएको बताए । कार्यक्रममा बोल्दै प्रजिअ गेलालले सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रशासन पूर्ण सक्रिय रहेको विश्वास दिए । सुरक्षा व्यवस्था चुस्त बनाउन झापा प्रशासन लाग्ने भन्दैं प्रजिअ गेलालले सरोकारवालाको सुझावलाई गम्भीरताका साथ कार्यान्वयनमा ल्याइने बताउँदै जिल्लाको शान्ति, सुरक्षा र सुशासनका लागि सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पनि पछिल्लो घटनाक्रम, जेन्जी आन्दोलनपछि देखिएका सुरक्षासम्बन्धी चासो र प्रशासनको भूमिकाबारे प्रश्न राखेका थिए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य राजकुमार ओलीले जनतामा प्रशासनप्रतिको विश्वास बढाउन सूचना प्रवाह पारदर्शी हुनुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले जिल्लामा शान्ति सुरक्षा कायम राख्न पत्रकार र प्रशासनबीच सहकार्य आवश्यक रहेको बताए । महासंघका सचिव राजु पाठकले पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमार्फत फैलाइएका हल्लाले वातावरणमा त्रास सिर्जना गरेको भन्दै सत्य सूचनाको शीघ्र प्रवाहमा प्रशासन जिम्मेवार हुनुपर्ने सुझाव दिए ।
सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोलले महिलामाथि हुने हिंसा र अपराधका घटनामा पनि प्रशासनको ध्यानाकर्षण गराइन ्। उनले सञ्चार माध्यमले जनचेतना फैलाउने काम गर्दै आए पनि सुरक्षा निकायले ती विषयमा तत्काल प्रतिक्रिया जनाउनुपर्ने बताइन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष चिन्तामणि दाहालले जिल्लामा हुने आन्दोलन र विरोध प्रदर्शनका क्रममा दुवै पक्षले संयमता अपनाउनुपर्ने सुझाव दिए । “प्रशासन र नागरिकबीच संवादको पुल मजबुत भए मात्र विकास र स्थायित्व सम्भव हुन्छ ।” कार्यक्रममा बोल्दैं अग्रज पत्रकार समेत रहेका दाहालले भने ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले जिल्लामा कानून–व्यवस्था सुदृढीकरण, सवारी सुरक्षा, रात्री गस्ती र युवाबीच बढ्दो लागूपदार्थ सेवन नियन्त्रणलगायत विभिन्न सुझाव दिएका थिए । गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.