मेचीनगरमा राती नौ बजेसम्म मात्र देउसी भैली खेल्न पाईने

चाडपर्वका नाममा हुने जुवाजन्य खेल नखेल्न नगरपालिकाको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

१७ मेचीनगर, कात्तिक : मेचीनगर नगरपालिकाले बुधबार तिहार तथा छठपर्वलगायत अन्य चाडपर्वलाई मध्यनजर गर्दै स्थानीय सुरक्षा निकायका प्रमुखहरुसंग छलफल गरेको छ ।

नगरपालिकाको सभाकक्षमा भएको छलफलमा चाडपर्वका नाममा हुने विकृतिविसंगति नियन्त्रण गर्नेलगायतका महत्वपूर्ण निर्णय भएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । छलफलले तिहारमा खेलिने परम्परागत देउसी भैलो आफ्नो कला, संस्कृति भेषभुषा तथा मौलिकरुपमा साझ ९ बजेसम्म मात्र खेल्न, पटकालगायत पटकाजन्य वस्तुको आयात तथा प्रयोग, जुवातास, डाइसलगायतका जुवाजन्य खेलहरु पूर्णरुपमा बन्देज गर्न र नगरभित्रका सबै होटलहरु साँझ ८ बजेसम्म खुला गर्न सबैमा आग्रह गरेको छ । मादक पदार्थका कारण अप्रिय घटना हुने भएकाले त्यसको बेचबिखनलाई व्यवस्थित गदैं साँझ ८ बजेसम्म पसल खोल्न नगरका होटललाई अनुमती दिईएको हो ।

पटका तथा पटकाजन्य वस्तुको प्रयोगले आग्लागि लगायत धनजनको क्षति हुने भएकाले यसको प्रयोगमा पूर्ण बन्देज लगाईएको छलफलले निर्णय गरेको नगरप्रमुख विमल आचार्यले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गर्ने, नगरवासीलाई आंकित पार्ने काम कसैबाट नहोस र यसो गरेमा स्थानीय प्रशासनले कानुन अनुसार कारवाही गर्ने छलफलमा सहभागी इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताउनुभयो ।

छलफलले यातायात सम्बद्घ संघ संस्थाहरुलाई आफ्नो संघमा दर्ता भएका सवारी साधनलाई व्यवस्थित गर्न, पार्किङ्ग क्षेत्र बाहेक अन्यत्र पार्किङ्ग नगर्न, जताभावी भाडा नअसुल्न र उचित भाडादरमा यात्रुलाई गन्तव्यमा पुर्याउन आग्रह गरेको छ । नगरका उद्योगी व्यवसायीलाई चाडपर्वको मौका छोपेर मूल्यवृद्घि र कृत्रिम अभाव सिर्जना नगर्न नगर उपप्रमुख तथा नगर स्तरीय अनुगमन समितिका संयोजक मीना पोखरेल उप्रेतीले बताउनुभयो । छलफलबाट भएका निर्णय पूर्णरुपमा कार्यान्वयन भए नभए अनुगमन स्थानीय प्रशासनले गर्ने र निर्णयको उल्लंघन गरेमा कानुनी कारवाही हुने बताईको छ । छलफलले नगरभित्र विद्युत, सञ्चार, खानेपानीलाई नियमित गर्न अस्पताल एम्बुलेन्स, बारुणयन्त्रलगायतका अत्यावश्यक सेवाका साधनलाई तयारी अवस्थामा राख्न समेत सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

छलफलमा नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, सशस्त्र प्रहरी बल नेपाल विओपी काँकरभिट्टाका विओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राईलगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.