साहित्य चौतारीले दक्षिणारहित सामुहिक सडक देउसी खेल्ने

A notice in Nepali from Mechinagar Ward No. 10

८ कार्तिक, बिर्तामोड : साहित्य चौतारी बिर्तामोड झापाले विगतका वर्षहरुमा झैं यस वर्ष आगामी कात्तिक १९ गते शुक्रबार गोवद्र्धन पूजाका दिन बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरमा दक्षिणारहित सामुहिक सडक देउसी खेल्ने भएको छ ।

साहित्य चौतारी बिर्तामोड झापाले साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले २०५८ सालदेखि दक्षिणारहित सामुहिक सडक देउसी खेल्दै आएको साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।

साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परिवारको अध्यक्षतामा भएका साहित्य चौतारी बिर्तामोड झापाका सल्लाहकार र पदाधिकारीेसहितको वैठकले यस्तो निर्णय गरेको हो ।

बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसरबाट नेपाली मौलिक भेषभूषा र वाजागाजा र ब्यानरसहित शुरु गरिने सडक देउसीसहितको ¥यालीले बिर्तामोड नगर परिक्रमा गर्दै देउसी भट्याउने उनले बताए ।

विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण गत वर्ष दक्षिणारहित सामुहिक सडक देउसी नखेलिएको उनले बताए । दक्षिणाकै लागी देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण, सम्र्वद्धन गर्न बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिरमा दक्षिणारहित सामुहिक सडक देउसी खेलिने उनले जनाए ।

यसपालिको दक्षिणारहित सामुहिक सडक देउसी छायाङ्कन गरी विभिन्न सञ्चारमाध्यममा प्रशारण गरिने भएकाले दक्षिणारहित सामुहिक सडक देउसीमा सहभागी हुन बिर्तामोडका सामाजिक संघसंस्था र बिर्तामोडवासीलाई उनले आग्रह गरेका छन् ।

साहित्य चौतारी बिर्तामोड झापाकी संस्थापक संरक्षक उर्मिला विमली श्रेष्ठ, निवर्तमान अध्यक्ष टंक काफ्ले विकल्प, वरिष्ठ सल्लाहकार अनिरुद्र ओली, उपाध्यक्ष दिपक रायमाझी, विमला चिमरिया, कोषाध्यक्ष भवानीप्रसाद गौतम, सदस्यहरु तुलसीप्रसाद भट्टराई, चित्रा पौड्याल कोइराला, टीका नेपाल भट्टराई, मणी वर्देवा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव खगिन्द्रा खुशीले गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.