नगरपालिकाको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

१२ माघ, काँकरभिट्टा : मेचीनगर नगरपालिकाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजना युवाको आज मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व आउदै गरेको नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले टोकला चिया बगानको गेटमा बुधबार बेलुका ७ वजे विपरित दिशाबाट गईरहेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर–७ का ३५ वर्षीय सन्तोष राजबंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गाडीले ठक्कर दिएका घाइते राजबंशीलाई तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल पठाईएको प्रहरीले बताएको छ । घाइतेलाई अस्पतालले ७ वजेर ३० मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

ठक्कर दिने गाडी, गाडी चालक मेचीनगर–७ स्थित आयाबारीका राजकुमार प्रधान र मोटरसाइकल इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको छ ।

नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी उपप्रमुख मिना पोखरेल उप्रेती चढ्ने गरेकी थिइन् । उनी आज राष्ट्रिय सभाको चुनावमा मतदान गर्न विराटनगर गएकी थिइन् ।

उनी उतै बसेकी थिइन् भने चालक प्रधानले गाडी लिएर घर फर्कदा त्यस्तो दुर्घटना भएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.