गाउँ पस्दैं उम्मेद्वार, पुरानै समस्या अघि सार्दैं मतदाता

A notice in Nepali from Mechinagar Ward No. 10

१८ माघ, मेचीनगर :  आसन्न फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन आयोगले चुनावी प्रचार प्रसार फागुन ४ देखि १८ गतेसम्म तोकेको छ । औपचारिकरुपमा त्यो समय आउन निक्कै दिन बाँकी छ । तर, झापाको निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न उम्मेद्वारहरुले मतदाता र कार्यकर्तासँगको भेटघाटलाई तीब्र पारेका छन् ।

भेटघाटकै क्रममा उम्मेद्वारहरुले आफ्नो पक्षमा मत मााग्न थालेका छन् । स्थानीय ठाउँको समस्या त्यसको समाधानका उपायसहित उम्मेद्वारहरुले मतदातालाई मख्ख पार्ने र मत आफ्नो पक्षमा पार्न थालेको यस क्षेत्रका मतदाताहरुको भनाई छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाको १५ वटै वडा बुद्धशान्ति गाउँपालिकाको ४,५,६ र ७ गरी चारवटा भद्रपुर नगरपालिकाको ९ र १० गरी दुईवटासहित कुल २१ वटा वडा पर्दछन् । यस क्षेत्रमा ६५ हजार आठ सय ५८ पुरुष र ६२ हजार पाँच सय नौ गरी कुल मतदाता संख्या एकलाख ३१ हजार ६७ रहेको छ ।

आगामी प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट विभिन्न १३ वटा राजनीतिक दलका १३ जना तथा दुई स्वतन्त्र गरी १५ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु विभिन्न वहनामा गाउँ छिर्ने क्रम शुरु भईसकेको छ । उम्मेद्वार आफ्ना नेता कार्यकर्तासहित बजार क्षेत्र मात्र होईन ग्रामीण क्षेत्रका मतदाताहरुसँगको भेटलाई निक्कै बाक्लो बनाईरहेका छन् । ती उम्मेदवारसँग मतदाताका भने पुरानै माग छन् ।

झापा क्षेत्र नम्बर १ मा आसन्न निर्वाचनका लागि प्रमुख दलहरूले नयाँ उम्मेदवार मैदानमा उतारेका छन् । नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) बाट रामचन्द्र उप्रेती, नेपाली काँग्रेसबाट केशवराज पाण्डे, नेपाली कम्यूनिष्ट पार्टीबाट अशेष घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमराज कार्की, श्रम संस्कृति पार्टीबाट केवलराम राई, उज्यालो पार्टी नेपालबाट नरेश लावती उम्मेदवार छन् । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेद्वार समेत यस क्षेत्रबाट प्रतिस्पर्धा गर्न चुनावी मैदानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी, बाहेक माथि देखिएका सवै उम्मेद्वारको लागि संसदीय प्रतिस्पर्धा पहिलो हो । डाँगी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद् बनेर संसदीय यात्राको अनुभव लिइएकी छन् । एमालेका उप्रेती पुराना बामपन्थी नेता लामो समय जेल जीवन विताएका सहकारीका अभियन्ता तथा सामाजिक, कृषि र उद्योगका क्षेत्रमा निक्कै अनुभव बटुलेका अनुभवी व्यक्ति हुन् ।

नेपाली काँग्रेसका पाण्डे पार्टीका झापा उपसभापति हुन् । नेपाली कम्यूनिष्ट पार्टीका घिमिरेको स्थायी बसोबास मेचीनगर नै भएपनि काठमाडौं बसोबास गर्दै आएका घिमिरे नेपाली कम्यूनिष्ट पार्टीबाट भने प्रतिस्पर्धा गर्न झापा आएका हुन् । यसैगरी हेमराज कार्की त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्थे । राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्कीलाई उम्मेदवार बनाएको छ । श्रम संस्कृति पार्टीका राई झापा मेचीनगर— ६ काँकरभिट्टाका वासीन्दा हुन् । कुनै समय जनता समाजवादी पार्टीका युवा नेताका रुपमा परिचित राई यो पटकको चुनावमा श्रम संस्कृति पार्टीबाट उम्मेद्वार बनेका छन् ।

यी उम्मेद्वार अहिले मत माग्दैं गाउँ पसीरहदाँ मतदाताले भने कुनै नयाँ माग अघि सारेका छैनन् । झापा मेचीनगर —१५ ज्यामिरगढीका कुलबहादुर कार्कीले शनिवार एउटा कार्यक्रममा हडिया नदी कटान नियन्त्रण, सिञ्चाई, पुल, कल्भर्ट, सडक, क्याम्पस चोकबाट चौधरी चोकसम्म कालोपत्रे गर्न माग गरे । पार्टीले गर्छु भन्ने तर नगर्ने तर, पनि जिताउने अभियानमा आफुहरु लागी परेको उनको भनाई छ । नेपाल कम्यूनिष्ट पार्टी एमालेका उम्मेद्वार रामचन्द्र उप्रेतीसँग वर्षौंदेखि भोग्दै आएको मल, बीउ, डिप बोरिङ धानको मूल्य, खानेपानी र सडकको समाधान गरी दिन उनले माग गरे । यी मागहरु यसक्षेत्रका सामूहिक समस्या रहेको उनले स्पष्ट पारे । ‘अन्य मतदाताहरु समेत यी समस्या समाधान गर्ने नेता चाहन्छन् । ’ कार्कीले थपे ।

नहरको समस्याले खेतीपाती गर्न समस्या रहेको र पटक पटक यसक्षेत्रका सांसद्हरुसँग यो समस्या राखे पनि अझै सम्म हल नभएको स्थानीय योगेन्द्र पोख्रेलले उम्मेद्वार उप्रेती समक्ष गुनासो व्यक्त गरे । ‘मल समयमा पाईदैंन् भारत जानुपर्छ ’ पोख्रेलले भने,‘ यसो गर्नु भनेको सोझै अवैध व्यापार गर्नु हो । प्रशासनले पक्राउ गरीहाल्छ ।’ सम्बन्धित पालिकाहरुले फोहोर मैला व्यवस्थितरूपमा व्यवस्थापन गर्न सक्दा गाउँवस्तीमा दुर्गन्ध भएर स्वास्थ्यमा समस्या हुने गर्छ । उनले थपे ।

मेचीनगर ज्यामिरगढीका हरिकुमार मर्डी साविक ज्यामिरगढी १÷२ को समस्या अहिलेसम्म जस्ताको तस्तै रहेको दुःखेसो गर्छन् । विद्यालयमा शिक्षाको सुधार, बाल श्रमिकलगायतका समस्या समाधान गरीदिन उनले उम्मेद्वारसँग माग गरेका छन् ।

स्थानीय प्रकाश सोरेन सन्थाल समुदायको एजेन्डा उठाईदिने उम्मेद्वारको प्रतिक्षामा रहेको बताउँछन् । उनले सोराय पर्वमा राष्ट्रिय विदा दिनुपर्ने र त्यसलाई सम्बोधन गर्न सक्ने उम्मेद्वारलाई मतदान गर्ने बताए । पटक पटक निर्वाचन भए पनि यसक्षेत्रबाट थुप्रै नेताले जितेर सरकारमा पुगे पनि मतदाताका माग भने वर्षौंदेखि उस्तै रहेको उनको भनाई छ ।

‘हाम्रो खासै ठूलो माग छैन्’ सोरेनले भने, धानको उचित मूल्य, सस्तो मल, सिँचाइ, रोजगारी, लालपुर्जा, खानेपानी र डुबान समस्या समाधानको हाम्रा माग हुन् ।’ यसक्षेत्रमा सुकुम्बासी समस्या ज्यादैं ठूलो रहेको उनको भनाई छ । अहिलेसम्म आफूहरू सुकुम्बासी बस्तीमा रहेको र लालपुर्जासमेत नपाएको मतदातहरुले गुनासो पोख्ने गरेका छन् ।

एमाले उम्मेदवार उप्रेती बिकास जादु र चमत्कारले नभएर क्रमस प्रक्रियागत रुपमा बताउछन् । सवैभन्दा पहिला देश समृद्ध आत्मनिर्भर बनाउँनेतर्फ लाग्नुपर्ने उनको जोड छ । ‘श्रम र परिश्रमको सम्मान, कृषि व्यावसायिकता, स्वदेशी वस्तुको उपभोग, उत्पादनको बजारको सुनिश्चिचता’ आफ्नो मुख्य चुनावी एजेन्डा रहेको उम्मेद्वार उप्रेतीले बताए । यसका लागि देश आत्मनिर्भर बन्दैं समृद्ध र देशवासी सुखी हुने उनको भनाई छ ।

शिक्षा र स्वास्थ्यमा सुधार राष्ट्रियताको रक्षा र विकास निर्माणमा आफू सशक्त ढंगले उभिने उनले प्रतिवद्धता जनाए । हरेक नागरिकको जीवनस्तर उकास्नु , युवा विदेश पलायन रोक्नु, भ्रष्टाचार अन्त्यगरी सुःशासन कायमसमेत आफ्नो चुनावी एजेन्डा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.