चाडपर्वको बेला उपभोक्ता ठगीलाई नियन्त्रण गर्न काँकरभिट्टा बजारको अनुगमन

A notice in Nepali from Mechinagar Ward No. 10

६ असोज, मेचीनगर : जिल्ला स्तरीय झापा र नगर स्तरीय मेचीनगरकाे अनुगमन टाेलीले संयुक्तरूपमा बुधबार झापाकाे मेचीनगरकाे मुख्य व्यापारीक केन्द्र काँकरभिट्टा बजारकाे अनुगमन गरेकाे छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्याैपाने, मेचीनगर नगरपालिकाका अनुगमन समिति संयाेजक एवम् उपप्रमुख मीना पाेखरेल उप्रेती, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्ताे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरी, मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, आन्तरिक राजस्व कार्यालय भद्रपुरका विशाल काफ्ले, घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका प्रेमप्रसाद सापकाेटा, गुणास्तर तथा नापताैल डिभिजन कार्यालय भद्रपुरका विजयनन्दन चाैधरी, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना, सचिव रविचन्द्र नेपाल, कार्यकारी निर्देशक गाेपाल वस्नेत, मेचीनगर नगरपालिकाका नगर प्रहरी, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाकाे प्रहरीसहितकाे टाेलीले काँकडभिट्टा बजारकाे अनुगमन गरेकाे हाे ।

टाेलीले खाद्य , मासु, हाेटल, किरानासहित पसलकाे अनुगमन गरेकाे थियाे । अनुगमनका क्रममा व्यवसायीहरूलाई चाडपर्वकाे माैका छाेपेर खाद्यान्नलगायत अन्य दैनिक उपभाेग्य बस्तुकाे अभाव सिर्जना नगर्न समेत टाेलीले सुझाव दिईएकाे मेचीनगर उपप्रमुखकाे सचिवालयले जनाएकाे छ । उपप्रमुख मीना पाेखरेल उप्रेतीका अनुसार टाेलीले सरसफाई,व्यवसायलगायत अन्य प्रमाण पत्र, डिजिटल तराजु (कम्प्यूटर काटा)काे ईजाजत, खाद्य बस्तुकाे उत्पादन मिति,उपभाेग गर्ने समय अवधि, व्याच नम्वर, मूल्यलगायतकाे विषयमा सम्बन्धित व्यवसायीहरूसँग साेधखाेज गरेकाे थियाे ।

व्यवसायीलाई टाेलीले हरेक व्यवसाय स्थलमा हरेकदिनकाे मूल्य सूची राख्नदेखि व्यवसाय दर्ताका हरेक प्रमाण पत्र प्रष्टरूपमा देखिने ठाउँमा झूण्ड्याउन भनेकाे छ । मानवले उपभाेग गर्ने हरेक वस्तुकाे सफाईमा ध्यानदिन टाेलीले भनेकाे छ । चाडपर्व नजिकिँदै गर्दा व्यवसायीले चाडपर्वकाे नाममा उपभाेग्य वस्तुमा मूल्य वृद्धि गरि कृतिम अभाव सिर्जना गर्ने भएकाले बजार अनुगमनलाई निरन्तरता दिईने सहायक प्रमुख जिल्ला अधिकारी न्याैपानेले बताउनुभयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.