१२ गते शनिवार मेचीनगरमा १० घण्टा विद्युत आपुर्ती बन्द हुने

A notice in Nepali from Mechinagar Ward No. 10

११ भाद्र, मेचीनगर : मेचीनगर तथा बुद्धशान्तिको शान्तिनगर क्षेत्रमा शनिबार १० घण्टासम्म विद्युत प्रसारण बन्द हुने धुलावारी वितरण केन्द्रले जनाएको छ । धुलावारी सबस्टेशनबाट आपूर्ति हुने विद्युत फिडर लाइनमा परेका रुखका हाँगा काट्नु पर्ने कारण देखाउँदै केन्द्रले फरक–फरक क्षेत्रमा दुई पटक गरी १० घण्टा विद्युत प्रसारण बन्द हुने जनाकारी दिएको छ ।

धुलावारी–बाहुनडाँगी फिडरको धुलावारी, इटाभट्टा, ज्यामिरगढी, शान्तिनगर क्षेत्रहरुमा विहान ८ बजेदेखि १२ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

त्यस्तै काँकरभिट्टा फिडरको काँकरभिट्टा, नक्कलबन्दा क्षेत्रमा विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द रहने वितरण केन्द्रले जनाएको छ । काम सम्पन्न भएका जुनसुकै समयमा प्रसारण सूचारु गरिनेसमेत केन्द्रले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.