नेपाल सुनचाँदी व्यवसायी संघ नगर अध्यक्षमा टोलबहादुर सुनार(नारायण)

A notice in Nepali from Mechinagar Ward No. 10

२५ माघ, मेचीनगर : नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगर अध्यक्षमा टोलबहादुर सुनर(नारायण) सर्वसम्मत निर्वाचित हुनु भएको छ । आज भएको नगर अधिवेशनबाट आगामी तीन वर्षको लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिलबहादुर खाती, उपाध्यक्षमा जितेन्द्र सराफ, महासचिवमा राजु सुवरर्णकार, सचिवमा विरबहादुर गजमेर, कोषाध्यक्षमा बाबुराम खाती, सहकोषाध्यक्षमा मनिष वर्मालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा क्रमशः शान्तीथापा क्षेत्री, रोशनकुमार गजमेर, रामकुमार विश्वकर्मा, मुकेश साहनी, प्रेम लुवागन र पप्पु सुनार रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी संघ झापाका वरिष्ठ उपाध्यक्ष विजय सराफले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई अविर टीका र खादा पहिर्याएर सम्मान गर्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्ष दिलबहादुर खातीको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथि विजय सराफ, सल्लाहकार समिति संयोजक श्याम सराफले बोल्नु भएको थियो भने कार्यक्रम नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगर समितिका अध्यक्ष राजेश गहतराजको अध्यक्षतामा सम्पन्न भएको थियो र महासचिव राजु सुवर्णकारले सञ्चालन गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष टोलबहादुर सुनारले आफू व्यवसायिक हकहितको लागि दिन रात नभनी लागि पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.