काँकरभिट्टा, २० माघ | १ नम्बर प्रदेशका सहकारी रजिष्ट्रार बलराम निरौलाले झापाको नेपाल बहुउद्घेश्यीय सहकारी संस्थालाई आफ्नो सेवा देशव्यापी बनाउनसुझाव दिनुभएको छ । तर, गुणस्तरमा कमि आउन नदिन सञ्चालकहरु लाग्नुपर्ने समेत बताउनु भएको छ ।
संस्थाको विर्तामोड क्षेत्रको ५ औँ इकाई परिषदमा सहभागी हुन सोमबार झापा आइपुग्नु भएका रजिष्ट्रार निरौलाले संस्थाको प्रधान कार्यालय काँकरभिट्टामा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दैं नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाले अव एउटा जिल्लामामात्र सिमित हुन नमिल्ने भन्दैं अहिलेको जस्तै गुणस्तर सेवालाई देशव्यापी बनाउन सुझाव दिनुभएको हो । देशभरनै आफ्नो पहिचानलाई उच्च बनाएको यो संस्था अब एउटा जिल्लामामात्र सिमित हुन नमिल्ने उहाँको भनाई थियो ।
यस संस्थाले अव देशभरकै सहकारीहरुकालागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं नाम अनुसारको काम गर्न नेपाल बहुउद्घेश्यीय सहकारी संस्था सफल भएको उहाँको ठम्याई थियो । २०६२ सालमा पहिलो पटक आफूले यो संस्थाको भिजिट गर्ने अवसर पाएको र आज १५ वर्षको फरकमा संस्थाले निक्कै फड्को मारेको र धेरै कुरामा अघि बढेको तथा द्रुतगतिमा एउटा स्थायी सहकारी संस्थाका रुपमा आफूलाई उभ्याउन सफल भएको उहाँको बुझाई थियो ।
धेरै सहकारी संस्थाहरु सामाजिक र आर्थिक गतिविधिमा अघि बढेको यो संस्थाले सामाजिकक्षेत्रमा निक्कै उच्च छवि बनाएको भन्दैं संस्थाको प्रशंसा गर्नुभयो । आर्थिकमा त निक्कै उच्च छ र सहकारीको उपस्थिती समुदायमा जसरी हुनुपर्छ त्यो नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाले पुरा गरेको छ । एउटा स्तरमा पुगेको यो संस्थालाई अब उत्पादन र बजारीकरणमा लाग्न भन्दैं सेवा दिन र सदस्यहरुको उत्पादनलाई बजारसम्म पुर्याएर त्यसबाट संस्थाले बचत गर्न सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको पृष्ठभूमि, दुरदृष्टि, ध्येय, समग्र लक्ष्य तथा संस्थाको संरचनाका बारेमा जानकारी गराउनुभएको थियो । २०५० सालमा २२ जना शेयर सदस्यहरुबाट स्थापना भएको यो संस्थामा २०७७ पुस मसान्तसम्ममा ५० हजार १ सय ७४ वा ५३ दशमलव ०८४ प्रतिशत महिलासहित ९५ हजार ५ सय ७६ जना शेयर सदस्यहरु रहेको उप्रेतीले जानकारी दिनुभयो ।

बैठकमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष उप्रेतीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ९५ हजारभन्दा बढी सदस्य र एक अरब चालिस करोड जतिको संस्थागत पुँजी कायम हुन पुगेको र बैंकिड (बचत ऋण कारोवार), एनएमसी डेरी उद्योग, एनएमसी एकिकृत नमुना कृषि फर्म, एनएमसी सहकारी पसल र एनएमसी चिया उद्योग सहित पाँचवटा व्यवसाय सञ्चालनमा ल्याएको छ । ७ सय ६० जनाले प्रत्यक्ष रोजगारी पाएको प्रतिवेदन मार्फत अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । गत पुष मसान्तसम्म संस्थामा ९५ हजार ५७६ जना शेयर सदस्य रहेको जनाउँदै अध्यक्ष उप्रेतीले यही माघ २२ गतेभित्र सबै इकाई परिषद सम्पन्न गर्ने जानकारी दिए । संस्थाले पुस मसान्तसम्म एक अर्ब तीन करोड ३६ लाख ८४ हजार शेयर पूँजी निर्माण गरेको तथा ६ महिनाको अवधिमा १२ करोड ४७ लाख ६३ हजार रुपैयाँ नाफा गर्न सफल भएको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
ईकाई परिषद् बैठकमा क्षेत्रीयस्तरमा उत्कृष्ट बनेको बिर्तामोडको महानन्द चोक इकाईलाई पुरस्कार र सम्मान गरिएको थियो । यसैगरी सबै सातवटै कार्यालय अन्तरगतका उत्कृष्ट ईकाईबाट अनुभवहरु प्रस्तुति गरिएको थियो । संस्थाका सञ्चालक सदस्य एवम् बिर्तामोड क्षेत्रीय संयोजक डम्बरबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई बिर्तामोड कार्यालयगत उपसमितिका संयोजक शान्ता रोक्काले स्वागत गर्नुभएको थियो


























