झापा। झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सफलतापूर्वक सम्पन्न भएको छ। आज साँझ बसेको सर्वदलीय बैठकले भोलि २२ फागुन बिहान ८:०० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको छ।
सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सङ्कलन गरी गणना स्थलमा सुरक्षित राखिएको छ। यस क्षेत्रमा ६३.९५ प्रतिशत मतदान भएको छ। यसपटक झापा-१ मा ठूला दलका नयाँ अनुहारदेखि स्वतन्त्र उम्मेदवारहरूसम्मको भिड छ।
झापा-१ का मुख्य उम्मेदवारहरू:
- केशवराज पाण्डे: नेपाली कांग्रेस
- रामचन्द्र उप्रेती: नेकपा (एमाले)
- हेमराज कार्की: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
- निशा डाँगी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
- अषेश घिमिरे: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)
- रामा मेचे: जनता समाजवादी पार्टी-नेपाल
यसका साथै केवलराम राई (श्रम संस्कृति पार्टी), नरेश कुमार लावती (उज्यालो नेपाल), गणेश कुमार खरेल (स्वतन्त्र) लगायतका १५ जना उम्मेदवारहरू चुनावी मैदानमा हुनुहुन्छ।
























