गुगलद्वारा नयाँ एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक

साइबर सुरक्षा परीक्षणमा केन्द्रित यस मोडलले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंकसहित पहिलो स्थान हासिल गरेको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
गुगलको लोगो र एआई प्रविधि झल्किने दृश्य

📌 Key Takeaways:

  • गुगलले साइबर सुरक्षा परीक्षणमा केन्द्रित नयाँ एआई मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ।
  • कार्बनले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंकसहित पहिलो स्थान हासिल गरेको छ।
  • सफ्टवेयर सुरक्षा कमजोरी पहिचान गर्ने एसईसी–बेन्च प्रो परीक्षणमा यसले ८८.२ प्रतिशत अंक प्राप्त गरेको छ।
  • सुरुमा सीमित विज्ञ तथा संस्थाहरूलाई उपलब्ध गराएर पछि ‘फेयरविन्ड प्रोग्राम’ मार्फत विश्वसनीय साझेदारलाई पहुँच दिइनेछ।

प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ। सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउने, तिनको परीक्षण गर्ने र समाधान विकास गर्ने क्षमतामा सुधार गरिएको यो मोडल विशेषगरी साइबर सुरक्षा परीक्षणमा केन्द्रित रहेको कम्पनीले जनाएको छ।

गुगलका अनुसार यस नयाँ मोडलले आर्टिफिसियल एनालाइसिस इन्टेलिजेन्स इन्डेक्समा ५९ अंकसहित पहिलो स्थान हासिल गर्न सफल भएको छ। कम्पनीले यो प्रविधि सुरुवाती चरणमा साइबर सुरक्षा क्षेत्रमा काम गर्ने सीमित विज्ञ तथा संस्थाहरूलाई मात्र उपलब्ध गराउने र त्यसपछि ‘फेयरविन्ड प्रोग्राम’ मार्फत अन्य विश्वसनीय साझेदारहरूलाई पहुँच दिने योजना बनाएको छ। गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईले सामाजिक सञ्जाल एक्समार्फत नयाँ मोडल सार्वजनिक भएको जानकारी दिएका हुन्।


क्षमता र परीक्षण परिणाम

जेमिनाइ ४ आर्गन सार्वजनिक भएको दुई सातापछि आएको कार्बनलाई लामो समयसम्म चल्ने जटिल इन्जिनियरिङ कार्यहरू सम्पन्न गर्न सक्षम बनाइएको गुगल डीपमाइन्डले जनाएको छ। यसले ठूला सफ्टवेयर कोड संरचना र तल्लो तहका कम्प्युटर प्रणालीमा रहेका त्रुटिहरूको मूल कारण पत्ता लगाउन तथा तिनको समाधान गर्न सहयोग पुर्‍याउनेछ।

गुगलका अनुसार सफ्टवेयर सुरक्षा कमजोरी पहिचान गर्ने एसईसी–बेन्च प्रो परीक्षणमा कार्बनले ८८.२ प्रतिशत अंक प्राप्त गरेको छ। त्यस्तै, सुरक्षा कमजोरीको दुरुपयोग सम्भव छ वा छैन भनेर परीक्षण गर्ने एक्सप्लोइटजिममा ५४.८ प्रतिशत र कमजोरी समाधान गर्ने क्षमता मापन गर्ने सीडब्ल्यूई–बेन्चमा ७१ प्रतिशत अंक प्राप्त गरेको कम्पनीले जनाएको छ। आन्तरिक परीक्षणमा सुरक्षित कोड निर्माण गर्ने क्षमतामा कार्बनले आर्गनको तुलनामा दोब्बरभन्दा बढी सफलता हासिल गरेको दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.