तालिबानले लगायो अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध

A notice in Nepali from Mechinagar Ward No. 10

१७ कार्तिक, काठमाडौँ — तालिबानी सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाएको छ । पहिलेदेखि नै जर्जर बनेको अफगान अर्थतन्त्र पछिल्लो निर्णयले झन् खराब हुन सक्ने आकलन गरिएको छ ।

तस्बिर : रोयटर्स

तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले घरेलु कारोबारका विदेशी मुद्राको प्रचलनलाई अवैध घोषणा गरिएको बताए । घरेलु कारोबारमा विदेशी मुद्रा प्रयोग गर्नेलाई कारबाही गरिने पनि उनले बताए ।

‘देशको आर्थिक अवस्था र अन्त हितका लागि रहेका अफगान नागरिकले अफगान मुद्रा नै प्रयोग गर्नुपर्नेछ । इस्लामिक इमिरेट्स सबै नागरिक, पसल र व्यापारीलाई अब लेनदेनमा अफगानी मुद्रा मात्रै प्रयोग गर्न आदेश दिन्छ । विदेशी मुद्राको प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ,’ उनले भने ।

गत अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा अफगानी मुद्रा निकै कमजोर भएको छ । पछिल्लो समय अफगानिस्तानका विभिन्न भागमा कारोबारका लागि अमेरिकी डलरको प्रयोग हुँदै आएको थियो । त्यस्तै पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा पाकिस्तानी रुपयाको प्रयोग हुँदैछ ।

इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.