नवाज शरिफका भाइ शहबाज चुनिए पाकिस्तानका नयाँ प्रधानमन्त्री

A notice in Nepali from Mechinagar Ward No. 10

पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ ७० वर्षीय मियाँ मुहम्मद शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री चुनिएका छन्। उनी पाकिस्तानका २३औँ प्रधानमन्त्री हुन्।

उनले पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीमा १ सय ७४ मत पाए। उनका प्रतिस्पर्धी रहेका पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) का उम्मेदवार शाह महमुद कुरेशीले कुनै मत पाएनन्। पिटिआई निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी हो।

केही दिनअघि इमरानले नयाँ चुनाव गराउन संसद भंग गरेका थिए। तर त्यहाँको सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएको थियो।

को हुन् शहबाज?

शहबाज शरिफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफका भाइ हुन्। उनले त्यहाँको सर्वाधिक जनसङ्ख्या भएको प्रान्त पञ्जाबको मुख्यमन्त्री पद सम्हालिसकेका छन्।

पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएलएन) को नेतृत्वमा रहेका उन‍को छवि प्रभावकारी र मेहनती व्यक्तिको छ।

शहबाज सधैँ ३ पटक पाकिस्तानको प्रधानमन्त्री भएका आफ्ना दाजु नवाजको छायामा रहे।​ शहबाज संस्थापन अर्थात सेनासँग मेलमिलापको पक्षपाति मानिन्छन्।

शहबाजमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो। उनले इमरान सरकारको पालामा केही समय जेलमा समेत बस्नु परेको थियो। तर उनीविरुद्धको भ्रष्टाचार आरोप प्रमाणित भएको छैन। उनले यसलाई राजनीति प्रेरित भएको बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.