सामसुङ प्रमुख योंगलाई साढे २ वर्षको जेल सजाय

दक्षिण कोरियाली राष्ट्रपति पार्कलाई पटक-पटक घुस दिएको आरोप

A notice in Nepali from Mechinagar Ward No. 10

दक्षिण कोरियाली कम्पनी सामसुङका प्रमुख व्यक्ति ली जे योंगमाथि अदालतले साढे २ वर्षको जेल सजाय सुनाएको छ ।दक्षिण कोरियास्थित उच्च अदालतले घुस काण्डमा दोषी ठहर गर्दै ली माथि जेलसजाय गरेको हो ।

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हइसमेत संलग्न घुसकाण्डको पुनः सुनुवाइका क्रममा सामसुङ प्रमुखलाई जेल सजाय सुनाइएको हो ।ली स्न् २०१४ देखि सामसुङ इलेक्ट्रोनिक्स कम्पनीको डि फ्याक्टो प्रमुखका रुपमा रहँदै आएका छन् ।

उच्च अदालतले गरेको पछिल्लो फैसलाले कम्पनीमा ली को नेतृत्वदायी भविष्यलाई असर गर्ने विश्लेषण गरिएको छ । अढाई वर्षको जेल सजायका कारण आगामी दिनमा कम्पनीको निर्णय प्रक्रियामा ली वञ्चित हुनेछन् ।

साथै अदालती निर्णयले सामसुङ कम्पनीमा नेतृत्वको रिक्तता सिर्जना गर्नसक्ने र भविष्यमा हुने ठूलो आकारका लगानीका निर्णयहरु समेत प्रभावित हुनसक्ने विज्ञहरुको भनाइ छ ।

सेजोंग विश्वविद्यालयका वाणिज्य शास्त्रका प्राध्यापक किम दाए जोंगले यो घटना सामसुङका लागि ठूलो धक्का तथा संकटको रुपमा खडा भएको बताउँछन् ।

ली माथि जेल सजाय भएको खबर सार्वजनिक भएसँगै सामसुङ कम्पनीको शेयर मूल्यमा ४ प्रतिशतको गिरावट आएको छ ।

आफ्ना बुवा तथा सामसुङका अध्यक्ष ली कुन हीलाई हृदयाघात भएसँगै सन् २०१४ देखि ली ले कम्पनीको नेतृत्व गर्दै आएका थिए । कुन ही को गत वर्ष निधन भएको थियो ।

उनको निधनपछि अंशियारहरुले ठूलो परिमाणमा उत्तराधिकारी कर तिर्नुपर्ने हुनाले सामसुङको ठूलो परिमाणको शेयर तथा लाभांस बिक्री गर्नक्ने अनुमान गरिएको थियो ।

पटक-पटक अपराध

उच्च अदालतले आफ्नो फैसलामा जनाए अनुसार ली ले राष्ट्रपति पार्कलाई पटक-पटक घुस दिएका थिए भने कम्पनीको नेतृत्व हस्तान्तरणलाई सहज बनाउनका लागि कार्यकारी अधिकार प्रयोग गरिदिनका लागि समेत राष्ट्रपतिसँग आग्रह गरेका थिए ।

फैसलामा भनिएको छ, ‘मुलुकको शीर्ष कम्पनी तथा विश्वको गौरवशाली उन्नयनकर्ता सामसुङको नेतृत्व पटक-पटक अपराधमा संलग्न हुनु निकै दुर्भाग्यपूर्ण छ ।’

घुस दिएको, कम्पनीको सम्पत्ति हडप्ने तथा साढे ८ अर्ब कोरियन वन बराबरको सम्पत्ति लुकाउने आपराधिक क्रियाकलाप गरेको अभियोगमा ली लाई दोषी ठहर गरिएको छ ।

अदालतको फैसलाप्रति ली का प्रतिरक्षा वकिलहरुले निराशा व्यक्त गरेका छन् । मुद्दाको प्रकृति कर्पोरेट स्वतन्त्रता र सम्पत्तिको अधिकारलाई उल्लंघन गर्ने पूर्व राष्ट्रपतिको शक्तिको दुरुपयोगसँग सम्बन्धित रहेको उनीहरुको दाबी छ ।

ली यस यसअघि प्रारम्भिक सुनुवाईकै क्रममा १ वर्षजति जेल बसिसकेको हुनाले उनले थप डेढ वर्ष जेल भुक्तान गरे पुग्नेछ ।

तत्कालीन राष्ट्रपति पार्क गेउन हइसँग सम्बन्धित राजनीतिक तथा कर्पोरेट काण्डमा संलग्न रहेको अभियोगमा उनी पहिलोपटक सन् २०१७ को फेब्रुअरीमा पक्राउ परेका थिए ।

लीलाई नेतृत्वमा स्थापित गर्नमा सहयोगी बनेको सामसुङको विवादास्पद मर्जरलाई सरकारले स्विकृति प्रदान गर्नेगरी सामसुङले तत्कालीन राष्ट्रपति पार्कको साथी चोइ सून सिलले स्थापना गरेका दुई गैरनाफामूलक संस्थाहरुलाई ४३ अर्ब कोरियन वन आर्थिक सहयोग गरेका थिए ।

सन् २०१७ को अगष्टमा अदालतले उनीमाथिको अभियोग ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो । तर सन् २०१८ को फेब्रुअरीमा उनको जेल सजाय आधा घटाइयो र सिओल उच्च अदालतले जेल सजाय निलम्बन गरेसँगै उनी जेलमुक्त भए ।

तर सर्वोच्च अदालतले उक्त मुद्दा पुनः सुनुवाईका लागि सिओल उच्च अदालतमा पठाएको थियो । उच्च अदालतले अन्ततः लीमाथि साढे २ वर्षको जेल सजाय हुने फैसला गरेको हो ।

(साभार : बीबीसी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.