अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी

मेचीनगर– दक्षिण अमेरिकी फुटबलका दुई महाशक्तिबीचको खेलमा आइतबार अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे ।

यससँगै लियोनल मेसीको अर्जेन्टिनाका लागि पहिलो ठूलो उपाधि जित्ने सपना पूरा भएको छ । कोपा अमेरिका र विश्वकप फाइनल खेले पनि मेसीले यसअगाडि आफ्नो देशका लागि कुनै ठूलो उपाधि जित्न सकेका थिएनन् ।

प्रख्यात माराकाना स्टेडियममा भएको खेलमा एक मात्र गोल डी मारियाले २२औं मिनेटमा गरे । यसका लागि रोड्रिगो डे पउलले पास उपलब्ध गराएका थिए । खेलको ५२ औं मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरे पनि त्यसले मान्यता पाएन ।

त्यसमा अफसाइडको निर्णय दिइएको थियो । सन् १९९३ यता अर्जेन्टिनाले उपाधि जितेको यो पहिलोपल्ट हो । त्यति बेला अर्जेन्टिनाले कोपा अमेरिकाकै फाइनलमा मेक्सिकोलाई हराएको थियो । आयोजक ब्राजिल भने यसपल्ट आफ्नै भूमिमा भएको कोपा अमेरिकाको उपाधि रक्षा गर्न असफल रह्यो । ब्राजिल डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगितामा उत्रेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.