सुडानमा सैन्य ‘कू’ : सरकार विघटन, संकटकाल घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

८ कार्तिक, काठमाडौं : सत्तापलटपछि सुडानी सेनाले सरकार विघटन गरेको छ । सेनाले प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि सरकार विघटन गर्दै देशभर संकटकाल घोषणा गरेको हो ।

शक्ति बाँडफाँडसम्बन्धी सत्तासीन परिषद्को नेतृत्व गर्दै आएका सैनिक अधिकारी अब्देल अल बुर्हानले देशभर संकटकाल घोषणा गरेका छन् । त्यस्तै उनले सरकार तथा संक्रमणकालीन परिषद् विघटन गरेको जानकारी समेत गराए ।

सन् २०१९ मा नागरिक र सैन्य नेतृत्वबीच संक्रमणकालीन सरकार गठनका लागि भएको सहमतिले सत्ता संघर्ष निम्त्याएको र मुलुकको शान्ति-सुरक्षा जोखिममा परेको बुर्हानको भनाइ छ । साथै, बुर्हानले प्रान्तीय गर्भनरलाई पदच्युत गरिएको र २०२३ जुलाईमा निर्वाचन गरिने समेत बताए ।

यसैबीच सेनाले अब्दुल्लाह हामदोकलाई नजरबन्दमा राखेपछि प्रधानमन्त्री कार्यालयले जनतालाई सडकमा आएर प्रदर्शन गर्न अपील गरेको छ । सेनाले प्रधानमन्त्री हामदोकलाई नजरबन्दमा राखेपछि उनको कार्यालयले प्रदर्शनकारीलाई सडकमा आउन अपील गरेको हो । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी सुडानी जनतालाई सभ्भव भएका सबै शान्तिपूर्ण उपाय अपनाएर विरोध प्रदर्शन गर्न अपील गर्दछौं ।’ त्यस्तै ‘जनताले चोरहरुको हातबाट आफ्नो क्रान्ति जोगाउनुपर्ने’ पनि विज्ञप्तिमा भनिएको छ ।

सोमबार सेनाले प्रधानमन्त्री हामदोकसहित सरकारका अन्य पाँच वरिष्ठ अधिकारीलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । उद्योगमन्त्री इब्राहिम अल शेख, सञ्चारमन्त्री हाम्जा बलुल, संक्रमणकालीन परिषद्का सदस्य मोहम्मद अल फिकी सुलिमान, हामदोकका मिडिया सल्लाहकार फैजल महमद सलेह र प्रान्तीय गर्भनर अहमद खालिद सेनाको नियन्त्रणमा रहेका छन् ।

सुडानको स्वतन्त्र नागरिक परिषद्का एक सदस्यले सोमबार भएको सत्तापलटको आलोचना गरेका छन् । परिषद्का सदस्य मोहम्मद हसन एल्टाइसीले आफ्नो फेसबुक पेजमा एक पोष्ट गर्दै सैन्य कु ‘राजनीतिक मूर्खता’ भन्दै ‘रगतको एक थोपा रहुन्जेलसम्म’ यसको प्रतिवाद गर्ने बताएका छन् ।

त्यस्तै जर्मनीले ‘कू’ प्रयासको निन्दा गर्दै उक्त गतिविधि तत्काल बन्द हुनुपर्ने बताएको छ ।

‘सुडानमा भएको नयाँ कु प्रयास चिन्ताजनक छ,’ जर्मन विदेशमन्त्री हेइको मासले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शान्ति तथा सुव्यवस्थाको जिम्मा लिएका सुडानका सबैलाई लोकतन्त्रतर्फको सुडानी संक्रमण जारी राख्न र जनताको भावनाको सम्मान गर्न अपील गर्छु । सत्तापलटको प्रयास तत्काल अन्त्य हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.