रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाः पद हस्तान्तरण कार्यक्रम सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

२ भदौं, काँकरभिट्टा : रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाको ८ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गत आबद्ध क्लबले ८ औं अध्यक्षको रुपमा रोटा वर्ष २०२३/२४ का लागि सौभाग्य थापा चयन भएका छन् ।

अध्यक्ष थापाको टिममा निवर्तमान अध्यक्ष दालिम खड्का, उपाध्यक्ष सुमन धिमाल, सचिव आशिष उप्रेती, सह सचिव सुमन रेगमी, कोषाध्यक्ष बिनम सरदार, सह कोषाध्यक्ष सुरेश निरौला, क्लब एडमिनिसट्रेटिभ चियर पुजन कार्की, मेम्बरसिप चियर नविन सुवेदी, पब्लिक इमेज चियर अनिल बिष्ट, सर्भिस प्रोजेक्ट चियर इसान श्रेष्ठ, टि.आर.एफ चियर नितेशकुमार सिहं राजपुत, प्रोफेसनल सर्भिस चियर बिशाल तामाङ्ग, इन्टरनेशनल सर्भिस चियर बासुदेव गौतम, एसएए ग्रेसी प्रधान, क्लब मेन्टर रोविन सुवेदी र क्लब एडभाइजर पेमा तामाङ्ग चयन भएका छन् ।

नवगठित क्लबका अध्यक्ष थापालाई रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका वर्ष २०२२/२३ का अध्यक्ष दालिम खड्काले चार्टर्ड प्रमाणपत्र, अध्यक्ष कलर, गेबल र गोन्ग हस्तान्तरण गरेका थिए भने डिष्ट्रिक रोट्रयाक्ट कमिटि सदस्य सुजन प्रधानले पद तथा गोपनियताको सपथ खुवाएका थिए भने अध्यक्ष थापाले अन्य पदाधिकारीलाई सपथ खुवाएका थिए ।

रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका वर्ष २०२३/२४ का अध्यक्ष सौभाग्य थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा रोट्रयाक्टको समाजमा छुटै पहिचान रहेकाले बोली र व्यवहारमा एकरुपता हुनुपर्ने जोड दिए । समाजमा तपाईँहरुको कामले राम्रो, नराम्रो छाप छोड्ने भएकाले आआफ्नो काम जिम्मेवार र कर्तव्यनिष्ठा ढंगले गर्न आग्रह गरे ।

उक्त कार्यक्रमको प्रमुख अतिथि रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रुद्र्र मैनाली, विशिष्ट अतिथि डिष्ट्रिक रोट्रयाक्ट कमिटि सदस्य सुजन प्रधान, जोन १ का जेडआरआर बसन्त ढकाल, एनएमसीका अध्यक्ष ठाकुर प्रसाद शिवाकोटी, काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्ष कमल थापा, एनएमसीका सीइओ लक्ष्मी प्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथि रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रुद्र्र मैनाली, विशिष्ट अतिथि डिष्ट्रिक रोट्रयाक्ट कमिटि सदस्य सुजन प्रधान, जोन १ का जेडआरआर बसन्त ढकाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाका उपाध्यक्ष सुमन धिमालले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन अनिल बिष्टले गरेका थिए भने, टोस्ट प्रस्थाव बिश्वास दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.