झापा जिल्ला अदालतका सूचना अधिकारी बस्नेतको सुनसरी सरुवा

A notice in Nepali from Mechinagar Ward No. 10
झापा जिल्ला अदालतका निवर्तमान सूचना अधिकारी तथा शाखा अधिकृत रामचन्द्र बस्नेत

झापा । झापा जिल्ला अदालतका सूचना अधिकारीको जिम्मेवारीमा रहेका शाखा अधिकृत रामचन्द्र बस्नेतको सुनसरी जिल्ला अदालतमा सरुवा भएको छ।

२०८३ साल कात्तिक २७ गते सार्वजनिक भएको जानकारीअनुसार बस्नेतको सुनसरी जिल्ला अदालतमा सरुवा भएको हो। झापा जिल्ला अदालतमा रहँदा उनले सरोकारवालाले माग गरेका न्यायिक तथा कानुनी क्षेत्रसँग सम्बन्धित सूचना र जानकारी समयमै उपलब्ध गराउने जिम्मेवारी निर्वाह गर्दै आएका थिए।

बस्नेत नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन झापाका निवर्तमान अध्यक्षसमेत हुन्। उक्त संगठन निजामती कर्मचारीको खारेज भइसकेको ट्रेड युनियन हो।

सूचना अधिकारीको भूमिका

संविधान र कानुनले नागरिकलाई सार्वजनिक निकायसँग सम्बन्धित सार्वजनिक महत्वका सूचना माग्ने र प्राप्त गर्ने अधिकार दिएको छ। सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार प्रत्येक सार्वजनिक निकायले आफ्नो कार्यालयबाट हुने कामकारबाहीबारे जानकारी उपलब्ध गराउन सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था छ।

यसै व्यवस्थाअनुसार सरकारी कार्यालयहरूले सूचना अधिकारीको व्यवस्था गर्दै आएका छन्।

न्यायिक तथा सार्वजनिक महत्वका सूचना माग गर्दा सहज रूपमा प्राप्त नहुने, गोप्य राखिने वा प्रक्रिया ढिलो र झन्झटिलो हुनेजस्ता जनगुनासो आउन नदिन सूचना अधिकारीको भूमिका महत्वपूर्ण मानिन्छ।

सूचना अधिकारी सूचनामैत्री, सम्बन्धित कानुनको जानकार र सेवाग्राहीलाई सहयोग गर्ने स्वभावको हुनुपर्ने सरोकारवालाहरूको अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.