बुधबारे हटियाको टहरा डोजर प्रयोग गरी भत्काइयो

A notice in Nepali from Mechinagar Ward No. 10

८ जेठ, बिर्तामोड : देवी हाट (बुधबारे हटिया) मा रहेका व्यवस्थित टहरा बिर्तामोड नगरपालिकाले हटाएको छ ।
नगरपालिकाले बिर्तामोड ५ मा रहेको देवी हाटमा व्यवस्थित सपिङ महल निर्माणका लागि अब्यवस्थित रुपमा रहेका टहरा हटाएको हो । एक विगाह दुई कठ्ठा क्षेत्रफल रहेको सो क्षेत्रमा टहरा हटाउन बिर्तामोड नगरपालिकाले डोजर प्रयोग गरेको छ । 
त्यहाँ रहेका व्यवसायीलाई टहरा खाली गर्न पटक पटक आग्रह गरेपनि उनीहरुले अटेर गरेपछि नगरपालिकाले डोजर प्रयोग गर्दै सो क्षेत्र खाली गराएको हो ।
टहरा हटाउन नगरपालिकाले शनिवार अन्तिम पटक माइकिङ गर्दै २४ घण्टे सूचना जारी गरेको थियो । तर, व्यवसायीले अटेर गरेर ठाउँ खाली नगरेपछि सोमवार मध्यान्य १२ वजेपछि डोजर लगाएर टहरा भत्काएको हो ।


यस अघि बिर्तामोड नगरपालिकामा सर्बदलीय बैठकवसी टहरा हटाउने निर्णय गरेको थियो । सो क्रममा नगरमा रहेका ५४ जना जनप्रतिनिधिले हस्ताक्षर रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.