५ कात्तिक, मेचीनगर : पत्रकार दिलीप थापाले आफ्नो जन्मदिनको अवसर पारेर प्रेस क्लब मेचीनगरलाई नगद १० हजार ५ पाँचसय एक रुपैयाँ प्रदान गर्नुभएको छ । हव डिजिटल मिडिया प्रालि मेचीनगरको कार्यालयमा आयोजित चेक हस्तान्तरण कार्यक्रममा क्लबका कार्यसमिति तथा सचिवालय सदस्यसमेत रहनु भएका रातो पोस्ट साप्ताहिक तथा अनलाईनका सम्पादक पत्रकार थापाले क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीलाई उक्त रकम बराबरको चेक प्रदान गर्नुभएको थियो । उक्त रकम क्लबले सञ्चालन गर्ने ‘पत्रकार उपचार कोष’मा जम्मा गरिने अध्यक्ष उप्रेतीले बताउनुभयो ।
प्रेस संगठन झापाका अध्यक्ष एवम् प्रेस क्लब मेचीनगरका सदस्य झूलन रेग्मीले सञ्चालन गर्नुभएको चेक हस्तान्तरण कार्यक्रममा बोल्दैं पत्रकार थापाले आफ्नो र आफ्नो परिवारको जन्मदिन, वैवाहिक बर्षगाठ तथा अन्य अवसरमा होटल र रेष्टुरेन्टमा गएर फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यक्रमा खर्च गर्न सवैमा आग्रह गदैं पत्रकारहरुलाई कुनै ठुल्ठुला रोग लाग्दा खर्च अभाव नहोस भनेर थोरै भए पनि रकम हस्तान्तरण गरी कामको थालनी गरेको प्रतिक्रिया दिनुभयो ।

अध्यक्ष उप्रेतीले यस्तो पुनीतः कार्यको थालनी गरेर पत्रकार थापाले अन्य पत्रकार र सर्वसाधारणलाई समेत प्रेरणा प्रदान गरेको बताउनुभयो । यस्तो महान कार्यको प्रशंसा गदैं क्लवका अध्यक्ष उप्रेतीले आगामी दिनमा प्रेस क्लबमा आवद्घ पत्रकार सहित मेचीनगरवासीले आफ्नो र आफ्नो परिवारको जन्मदिन, वैवाहिक बर्षगाठ तथा अन्य अवसरमा होटल र रेष्टुरेन्टमा गएर गर्ने फजुल खर्च कम गदैं प्रेस क्लब मेचीनगरलाई आर्थिक सहयाग गर्न आग्रह गर्नुभयो ।

केहीदिनअघिमात्र लेखक एवम् भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले समेत आफ्नो जन्मदिनको अवसर पारेर क्लबलाई १० हजार रुपैयाँ प्रदान गर्नु भएको थियो । क्लबका निबर्तमान अध्यक्ष मुक्ति पौडेलले नगद १० हजार रकम प्रदान गर्ने प्रतिवद्धता यसअघि नै गरिसक्नु भएको छ । चेक हस्तान्तरण कार्यक्रममा क्लबका सचिवालय सदस्य विकास देवकोटा, किशोर उपरकोटी क्लबका साधारण सदस्य राजन पाठक, नेपाल पत्रकार महासंघ झापा शाखाका साधारण सदस्य अञ्जन मिश्रलगायतको सहभागिता रहेको थियो ।


























