लायन्स क्लबद्वारा शान्ति आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा खेल सामाग्री वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

८ माघ, शान्तिनगर : लायन्स क्लब अफ युनिक तथा लियो क्लब बिराटनगरको सहयोग तथा लायन्स चेतन निरौला बिराटनगरको संयोजनमा झापा बुद्ध शान्ति-६, शान्तिनगर स्थित शान्ति आदर्श माध्यमिक विद्यालयका बाल विकास देखि कक्षा ५ सम्मका विद्यार्थी तथा स्थानीय खेलाडीहरुलाई एक समारोह बीच जनही न्यानो कपडा तथा खेल सामग्री वितरण गरिएकाे छ । विद्यालयका पूर्व विद्यार्थी चेतन निरौलाको पहलमा लायन्स तथा उद्योगी व्यवसायीहरुको विशेष सहयोग रहेको उक्त समारोहको अध्यक्षता लायन्स सञ्जय शाहले गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । स्थानीय अभिभावकको बाक्लो उपस्थिती रहेको उक्त समारोहलाई चन्द्र भण्डारी, वडा अध्यक्ष शम्भु पौडेल, लायन्स बिनोद राउतले शुभकामना मन्त्व्य राख्नुभएको थियो भने पूर्व विद्यार्थी लायन्स चेतन निरौलाले अक्षयकोष सञ्चालनका लागि रु.१ लाख प्रदान गर्ने घोषणा गर्नुभयो । शिक्षक सोमनाथ पौडेलले सहजीकरण गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन लायन्स चन्द्र अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.