२ पुस, मेचीनगर : झापाको मेचीनगर १२ सहरेडाँगीस्थित श्री सरस्वती माध्यमिक विद्यालयले पूर्व प्रधानध्यापकलाई विहीबार अभिनन्दन गरेको छ । विद्यालयको ४३ औँ वार्षिकोत्सवको अवसर पारेर पूर्व प्रधानध्यापक महेन्द्रादेवि पराजुलीलाई अभिनन्दन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीगर नगरपालिकाका नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले अभिन्नदित पुर्व प्रधानक पराजुलीलाई अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले दोसल्ला तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति सुर्यप्रसाद सापकोटाले उहाँलाई अविर टीका पहिर्याउनुभएको थियो । विद्यालयका प्रधानध्यापक शुक्रराज घिमिरेले अभिनन्दन पत्र वाचन गर्नुभएको थियो ।

सोहि अवसरमा पूर्व शिक्षक गंगाप्रसाद चेम्जोङ तथा अभिभावकहरुमा विद्यालयको हितलाई सर्वाेपरी ठान्ने झापा मेचीनगर— १२ का शिक्षासेवी भक्तिप्रसाद शिवाकोटी र अर्जुनधारा—१० की अक्षयकोष दाता यशोदा बराललाई समेत दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । विद्यालयले वर्ष उत्कृष्ट वर्ग शिक्षकका रुपमा राधिका रेगमीलाई नगदसहित पुरस्कृत र सम्मान तथा रघुशाली स्मृति अक्षयकोषबाट वर्ष उत्कृष्ट शिक्षकको पुरस्कार तथा सम्मान रामप्रसाद मिश्रलाई प्रदान गरेको थियो । विद्यालयले कक्षा १ देखि १२ कक्षासम्मका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान पत्र प्रदान गरेको छ । विद्यालयमा स्थापना भएको अक्षयकोषबाट प्राप्त व्याज रकमले उनीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।

प्रधानध्यापक घिमिरेका अनुसार राजबहादुर चिलिक्चम अक्षयकोषबाट कक्षा ८ को उत्कृष्ट जनजाति विद्यार्थीलाई, मुना खड्का स्मृति कोषबाट कक्षा ८ को उत्कृष्ट छात्रालाई, पवित्रा नेम्बाङ्ग स्मृति अक्षयकोषबाट वर्ष उत्कृष्ट जनजाति विद्यार्थीलाई, शंकर खतिवडा स्मृति अक्षयकोषबाट गरिबतथा जेहेन्दार विद्यार्थीलाई, राम यशोदा बृद्घि विकास कोषबाट कक्षा ५ को उत्कृष्ट विद्यार्थीलाई, नन्दहरि स्मृति अक्षयकोषाबाट कोषको विधान अनुसार, अनिता अक्षय कोषबाट विधान अनुसार, लीलानाथ हिमादेवी स्मृति अक्षयकोषबाट विधान अनुसार, विष्णुलाला नरमाया स्मृति अक्षयकोष विधान अनुसार, र हरिप्रिया कार्की स्मृति अक्षयकोषबाट सम्मान तथा पुरस्कृत गरिएको हो ।



























