ज्येष्ठ नागरिक मेचीनगर–१० को अध्यक्षमा फलाहारी

A notice in Nepali from Mechinagar Ward No. 10

२८ चैत्र, धुलाबारी : ज्येष्ठ नागरिक मेचीनगर–१० वडा समितिको अध्यक्षमा प्रेमप्रकाश फलाहारी सर्वसम्मत चयन भएका छन् ।

सोमबार वडा नम्बर १० को दोस्रो अधिवेशनले फलाहारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा भानुभक्त खतिवडा, सचिवमा नारायण प्रसाई, सहसचिवमा पद्मा भट्टराई र कोषाध्यक्षमा ईन्द्रबहादुर थापा चयन भएका छन् ।

सदस्यहरुमा ज्ञाननाथ घिमिरे, झुनादेवी बानियाँ, उमा पाण्डे, लक्ष्मी पौडेल, योगेन्द्रप्रसाद आचार्य, विजय अधिकारी, सुमनकुमार दाहाल र कान्तिलाल राजबंशी छन् ।

ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष गजेन्द्रप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका मेचीनगर अध्यक्ष अंगतबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्षेत्री, समाजसेवीहरु भीम खवास, जयप्रसाद लिम्बु, मिक्मत क्षेत्री, केन्द्रप्रसाद भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको स्वागत उपाध्यक्ष प्रेमप्रकाश फलाहारी र सञ्चालन सचिव नारायण प्रसाईले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.