५ जेठ, काठमाडौँ : मेचीनगरमा नेकपा माओबादी केन्द्रले बिजयको खाता वडा नं. १४ बाट खोलेको छ ।
सो वडाको अध्यक्ष पदमा गठबन्धनका उम्मेद्वार बाबुलाल सुब्बा बिजयी भएका छन् ।
उनको निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका शंकर पोखरेल रहेका छन् ।
पोखरेल निवत्र्तमान वडा अध्यक्ष हुन् । २०७४ को चुनावमा सुब्बा पोखरेलसँग पराजित भएका थिए ।
एमालेको किल्लाको रुपमा मानिएको यस वडामा यसपाली सुब्बाले पोखरेललाई पराजित गरेका छन् ।
























