९ जेठ, काँकरभिट्टा : मेचीनगर–६ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भएका छन् ।
सोमबार विहान ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । थापाले २२२४ मत प्राप्त गरेका छन् ।
तामाङले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमालेका राजु पोखरेललाई २ मतले हराएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै महिला सदस्यमा अन्जु थापा, दलित महिला सदस्यमा सीमा रसाइली, खुल्ला सदस्यहरुमा ध्रुबकुमार राई र भविन्द्रराज सुब्बा विजयी भएका छन् । विजयी वार्ड सदस्यहरु सम्पूर्ण नेकपा एमालेका उम्मेद्वारहरु हुन् ।


























