श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमितिद्वारा शुभकामना आदान प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरूको आस्थाको एउटा संस्था श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाले हालै विभिन्न समितिका पदाधिकारी सदस्य एवम् अग्रज सुन्दरसाथहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेको छ ।
विर्तामोडको चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा आयोजित समारोहबीच सत्संग परिषद झापाको नवनिर्वाचित समिति र युवा परिषद नेपाल केन्द्रीय समितिलाई बधाइ शुभकामना व्यक्त गर्नुका साथै सेवा
समिति नेपाल केन्द्रीय समितिमा झापाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा निर्वाचित शारदाप्रसाद थपलिया र कृष्णप्रसाद बजगाईलाई बधाइ दिइएको थियो ।

संस्थाका अध्यक्ष टहलदास ओलीको अध्यक्षतामा सचिव मोहन अधिकारीले सन्चालन गरेको समारोहमा युवा परिषद नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष नमराज ढकाल र पूर्व अध्यक्ष मात्रिका प्याकुरेललाई विशेष सम्मान गरिएको थियो ।
श्रीकृष्ण प्रणामी मन्दिर चारपाने प्रारम्भिक समितिका अध्यक्ष बासु पान्डेले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको समारोहमा सत्संग परिषद झापाका नवनिर्वाचित अध्यक्ष मिलन वस्नेत र जगदीशचन्द्र शर्माले बधाइपत्र ग्रहण गरेका थिए भने संस्थाका अध्यक्ष ओलीले हस्तान्तरण गरेका थिए ।

साथै पुर्वान्चल क्षेत्रबाट उपाध्यक्षमा टंकप्रसाद ओझा, उप–महासचिवमा शुभाष रिजाल, सदस्यमा मदन अधिकारी, दिपक दिनेश दाहाल, गोपाल ढकाल र राजू कट्टेललाई बधाइ तथा सम्मान गरिएको थियो ।
साथै युवा परिषद प्रदेश नं १ का संयोजक अनिल ढुंगाना र सचिव खगेन्द्र बस्तोलाले पु¥याएको योगदानलाई मुल्यांकन गरि सम्मान पत्र प्रदान गरिएको थियो ।

समारोहका प्रमुख अतिथि जगतनन्दन महाराज, सम्मानित नमराज ढकाल, मात्रिका प्याकुरेल, शारदाप्रसाद थपलिया, युवा परिषद प्रदेश अध्यक्ष अनिल ढुंगाना, सत्संग परिषद अध्यक्ष मिलन बस्नेतलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वृन्दावन धाम भारत बाट आएका आनन्द सागर महाराज लगायत इलाम अध्यक्ष शेखर भट्टराई , सुनसरी अध्यक्ष पुन्य प्रसाद पौडेल , मोरंङ अध्यक्ष माधव भट्टराई, चितवन अध्यक्ष बसन्त अधिकारी लगायत सतसंग परिषद झापाका उपाध्यक्ष बिष्णु प्रसाई , महासचिव गिरिधर शर्मा कट्टेल , सह–कोषाध्यक्ष देबि खनाल, चारपाने मन्दीरका अध्यक्ष राजेन्द्र कुमार बस्नेत , सेवा समिति नेपालका पुर्व सदस्य चन्द्र डाँगी , बैजूराज संघ झापाकी अध्यक्ष प्रेमकुमारी भट्टराई, सदगुरु सदन बिर्तामोडका अध्यक्ष हरि कडरिया, युवा परिषदका प्रा।स। अध्यक्षहरु दिनोज बजगाई, मात्रिका खरेल, मनोज पराजुली, तुलशीप्रसाद घिमिरे लगायत जिल्ला झापा र प्रारम्भिक समितिका पदाधिकारी र सदस्यहरु लगायत चारपाने मन्दीरका स्थानीय सम्पूर्ण सुन्दरसाथहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रमका संयोजक जिल्ला उपाध्यक्ष सुरज सापकोटाले कार्यक्रमको औचित्य माथि प्रकाश र स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव मोहन अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.