पत्रकार मुक्ति पौडेलद्वारा नेकपा एमाले र प्रेस चौतारी परित्याग गरेको घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

१८ माघ, मेचीनगर : नेकपा एमालेको भातृ संस्था प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले एमालेको पार्टी सदस्यता र प्रेस चौतारी दुबै परित्याग गरेको घोषणा गर्नु भएको छ । झापामा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय पौडेलले आज फेसबुक मार्फत  एक प्रेस वक्तव्य प्रकाशित गर्दै आजकै मितिदेखि नेकपा एमाले र प्रेस चौतारी दुबै परित्याग गरेको घोषणा गर्नु भएको छ ।

विगत दुई दशकदेखि नेकपा एमालेको संगठित सदस्य रहँदै विभिन्न जिम्मेवारी सम्हालिरहनुभएका मेचीनगर–६ काँकरभिट्टा निवासी पौडेल २०६४ सालदेखि नेपाल कम्युनिष्ट पार्टी एमालेको संगठित सदस्य भई हालसम्म सक्रिय रहनुभएको थियो ।

नेकपा एमालेले प्रजातान्त्रिक पद्धति एवं लोकतान्त्रिक विधि र नीतिको पालना नगरेको र व्यक्तिवाद हावी भएका कारण एमाले पार्टीको सदस्य रहिरहन उपयुक्त नदेखिएकाले आजैका मितिबाट नेकपा एमालेको सदस्य एवं प्रेस चौतारीको केन्द्रीय सदस्य समेत नरहने प्रेस वक्तव्यमा पौडेलले उल्लेख गर्नु भएको छ । पौडेलले वक्तव्यमा भन्नुभएको छ,‘आगामी दिनमा विधि, पद्धति, नीति, सिद्धान्त, सदाचार र नागरिक अधिकारका निमित्त क्रियाशिल रहने उद्घोष गर्दछु ।’

हेर्नुहोस् प्रेस वक्तव्य :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.