महिला स्वयम्सेविकाहरुलाई छाता, व्याग र स्वीटर

A notice in Nepali from Mechinagar Ward No. 10

२ पुस, मेचीनगर : झापाको मेचीनगर— ६ स्थित काँकरभिट्टा स्वास्थ्य चौकीले शुक्रबार आफ्नो वडाभित्रका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई स्वीटर, छाता तथा व्याग वितरण गरेको छ । चौकीले आर्थिक वर्ष २०७८/०७९ मा महिला स्वास्थ्य स्वयम्सेविका प्रोत्साहन वापत प्राप्त बजेटबाट खरीद गरी १२ जना महिला सामूदायिक स्वास्थ्य स्वयम्सेविकाहरुलाई वितरण गरेको हो ।

स्वस्थ्य चौकीको सभाहलमा आयोजित अत्यवश्यक सामग्री वितरण कार्यक्रमा मेचीनगर वडानम्बर— ६ मा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरु तारा भण्डारी, बबिता उप्रेती, निम्लु शेर्पा, शर्मिला तामाङ, बीना लिम्बु, मुना कट्टेल, शुकमाया राई, सपना कार्की, लालमाया देवकोटा, कमला ठकुरी, हरिमाया कूवँर र मुना राईलाई ती सामग्री प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले कार्यक्रमको अध्यक्षता गदैं संयुक्तरुपमा सामग्री प्रदान गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तामाङ तथा विशिष्ट अतिथि कार्कीले स्वास्थ्यका क्षेत्रमा महिला स्वास्थ्य स्वयम्सेविकाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँहरुले आगामी दिनमा यसलाई बृिद्घ गरेर चौकी लक्षित सबै वडामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुलाई सामग्री वितरण गर्ने वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । चौकीको लक्षित क्षेत्र वडानम्बर ५,६,७ र ८ नम्बर वडा हो ।

चौकी प्रमुख खतिवडाले महिला स्वास्थ्य स्वयंसेविकाहरुले हरेक गाउँ गाउँ टोल टोलमा पुगेर स्वास्थ्यका विषयमा पुर्याएको चेतना र विभिन्न रोग, खोपलगायत अन्य समयमा समेत ठूलो साथ सहयोग उहाँहरुबाट हुने गरेको बताउनुभयो । स्थायी÷अस्थायी परिवार नियोजन सेवाबारे परामर्श र सेवाको लागि प्रेषण, पिल्स तथा कन्डम वितरण, मातृ स्वास्थ्य प्रवद्र्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ४ पटक गर्भवती जाँचको लागि प्रोत्साहन, गर्भवती महिलालाई आईरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रोत्साहन तथा आमा सुरक्षा कार्यक्रमबारे जानकारी, यदि घरैमा प्रसुती भएमा अत्यधिक रक्तश्रावको जोखिमबाट रोकथामाको लागि मातृ सुरक्षा चक्कीको प्रयोग सम्बन्धि परामर्श तथा वितरण (कार्यक्रम लागु भएका जिल्लामा मात्र), स्वास्थ्य संस्थामा ३ पटक सुत्केरी जाँचको लागि प्रोत्साहन अन्तर्गत सुत्केरी अवस्थामा आमालाई भिटामिन ए तथा आईरन चक्की वितरण, गर्भवती, प्रसुती र सुत्केरी अवस्थाका खतराका लक्षणहरु पहिचान गरी प्रेषण, गर्भको तैयारीको लागि परिवारमा सन्देशलगायतका काम महिला स्वास्थ्य स्वयम्सेविकाहरुले गर्ने स्वास्थ्य चौकी प्रमुख खतिवडाको भनाई छ ।

स्वास्थ्यकर्मी विष्णुप्रसाद घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा महिला स्वास्थ्य स्वयम्सेविकाकातर्फबाट तारा भण्डारीले विचार राख्नुभयो । केही दिनअघि चौकीले १८ औं महिला स्वास्थ्य स्वयम्सेविकालाई, सम्मान र पुरस्कृत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.