अब मेचीनगर नगर क्षेत्रका विद्यालय भौतिक रुपमै सञ्चालन हुने

A notice in Nepali from Mechinagar Ward No. 10

४ असोज, मेचीनगर : झापाको मेचीनगर नगरपालिका क्षेत्रका विद्यालयहरु असोज ६ गतेदेखि सञ्चालन हुने भएका छन् । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले विद्यार्थीहरु भौतिक रुपमा उपस्थिति गराएर नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उपप्रमुख मिना उप्रेतीले जानकारी दिनु भयो ।

एक सय भन्दा कम विद्यार्थी हुने विद्यालय पूर्ण रुपमा सञ्चालन हुने र एक सय भन्दा धेरै विद्यार्थी भएका विद्यालयहरुमा एक पटकमा एक तिहाइ विद्यार्थी मात्रै उपस्थित गराएर विद्यालय सञ्चालन गर्ने गरी कार्यपालिकाले निर्णय गरेको मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले सेतोपत्रलाई जानकारी दिनु भयो ।

‘एक सय भन्दा बढी विद्यार्थी भएका विद्यालयहरुले दुई वा तीन चरणमा विद्यार्थी उपस्थित गराएर पठन पाठन गर्नु पर्छ’ शिक्षा शाखा प्रमुख भण्डारीले भन्नुभयो, ‘सामुदायिक विद्यालयका प्रारभ्भिक बाल कक्षा र निजी विद्यालयका नर्सरीदेखि युकेजी सम्मका कक्षा तत्काल सञ्चालन नगर्ने निर्णय भएको छ ।’

विद्यालय सञ्चालन हुँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नु पर्ने भण्डारीले बताउनु भयो । मेचीनगरमा एक सय भन्दा कम विद्यार्थी भएका १३/१४ वटा प्राथमिक तहका विद्यालय रहेको मेचीनगर शिक्षा शाखाले जनाएको छ ।

सेतोपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.