मेचीनगरमा १०९ जनाले कोरोना जिते, बाँकी १४ को उपचार भईरहेको

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २५ भदौ । मेचीनगरमा आज ५ जना कोरोना भाइरसको संक्रमण जितेर घर फर्किएका छन् ।

विहीबार धाइजनको आइसोलेसन वर्डाबाट मेचीनगरका ५ जना पुरुष कोरोना जितेर घर फर्किएका हुन् ।

आइसोलेसन वर्डाबाट कोरोना जितेर घर फर्किनेमा मेचीनगर–२ का ३ जना, मेचीनगर–७ का १ जना र मेचीनगर–१० का १ जना रहेको मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।

१५ दिनअघि पीसीआरको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई धाइजनको आइसोलेसन वर्डामा राखेर उपचार गरिएको थियो ।

योसँगै कोरोना जितेर घर फर्किनेको संख्या १०९ पुगेको छ भने मेचीनगरमा हालसम्म संक्रमित १२३ जना रहेको संयोजक बरालले जानकारी दिए ।

बाँकी १४ जनाको झापा, सुनसरी र विराटनगरको कोभिड अस्पतालमा उपचार भईरहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.