ज्यामिरगढी मा.वि.को जग्गा विवाद समाधान गर्न ‘माकुरा’द्वारा पहल शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२० माघ मेचीनगर : करीब साढे ३ दशक अघिदेखिकाे दुईपक्षबीचकाे विवाद समाधानकालागि मेचीनगर नगरपालिका र प्राकृति श्राेत द्वन्द रूपान्तरण केन्द्र नेपालले संयुक्तरूपमा प्रक्रिया शुरू गरेकाे छ । झापाकाे मेचीनगर नगरपालिका- १५ मा रहेकाे ज्यामिरगढी माध्यमिक विद्यालय र विद्यालयकाे खेल मैदान जमिन पर्ने जग्गाधनीबीच झण्डै ३०-३५ वर्षअघिदेखि विवाद छ । विवाद समाधानकालागि नगर स्तरीय न्यायिक समिति र प्राकृतिक श्राेत द्वन्द रूपान्तरण केन्द्र नेपालले प्रक्रिया शुरू गरी पहिलाे चरण अन्तर्गत ज्यामिरगढी माध्यमिक विद्यालय र विद्यालयकाे खेलमैदान जमिन पर्ने जग्गाधनीबीचकाे विवाद अन्त्यका गर्न खुल्ला छलफलका लागि संयुक्त बैठक गरिएकाे मेचीनगर नगरपालिका स्तरीय न्यायिक समित संयाेजक एवम् उपप्रमुख मीना पाेखरेल उप्रेतीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार वीरेन सहिद स्मृति प्रतिष्ठान मेचीनगर १५ मा भएकाे पहिलाे चरणकाे बैठकमा विद्यालय, जग्गाधनी तथा सराेकारवाला सहभागी थिए । वैठक सभ्य र शान्तरूपमा सम्पन्न भएकाे थियाे । प्राकृतिक श्राेत द्वन्द रूपान्तरण केन्द्र नेपालकी श्राेत व्यक्ति संगीता थापाका अनुसार वैठकमा सहभागी सवैले खुलेर आ आफ्नाे धारणा राखेका थिए ।

याे खुला छलफल भएकाे र सहभागी सवैले विवादकाे मुख्य जड के हाे ? कहिलेबाट शुरू भयाे ? यसकाे निराकरणकालागि विगतमा के के प्रयासहरू भए ? अब कसरी विवाद हल गर्ने ? लगायतका विषयमा छलफल केन्द्रीत रहेकाे थियाे । जग्गाधनीहरू प्रेमलाल काेईराला,कृष्ण काेईराला,नारद शिवाकाेटी,नरेन्द्र पन्तले जग्गा आफ्नाे नम्वरी भएकाे, जग्गाधनी प्रमाणपुर्जा आफ्नाे नाममा भएका कारण सित्तैमा विद्यालयलाई दिन नसक्ने धारणा राखेकाे छलफलमा सहभागी एमाले मेचीनगर सचिवालय सदस्य हरि ढुङ्गानाले जानकारी दिनुभयाे ।

यदि जग्गाधनीहरूलाई केही दिएर चित्त बुझाए आफ्नाे नाममा रहेकाे जग्गा विद्यालयलाई हस्तान्तरण गर्न उहाँहरू तयार रहेकाे ढुङ्गानाकाे भनाई छ । पहिलाे चरणकाे छलफलबाट सवै पक्षलाई समेटेर माकुरा समूह गठन गरिएकाे छ । याे समूहले सवैपक्षसँग बसेर घटनाकाे सत्यतथ्य पत्ता लगाउने छ । निरन्तर काम गरेर टुङ्गोमा पुर्याउने गरी काम शुरू गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.