८ असार, मेचीनगर : रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान, सन् २०२५-२०२६ का अष्सिटेण्ड गर्भनर निकिता गिरीले रोटरीले समाजमा पुर्याएका हरेक गतिविधि सञ्चारमाध्यममार्फत बारिह ल्याउनुपर्ने बताएकी छन् । रोटरी भनेको समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएकाले त्यस्ता गतिविधिहरु बाहिर ल्याउन गिरीले हरेक रोटरियन र क्लबहरुले सञ्चारकर्मी र सञ्चारमाध्यमसँग नङ र मासुको सम्बन्ध गासेर सम्बन्ध समधुर बनाउन समेत निर्देशन दिईन् ।

शुक्रबार झापाको मेचीनगर—०६ काँकरभिट्टास्थित होटल ग्रेसमा क्लबका रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको ज्वइन्ट क्लब एसेम्ब्ली , २०२४-०२५ को छैठौ र २०२५-२०२६ को पहिलो ‘क्लब एसेम्ब्ली’मा बोल्दैं एजी गिरीले रोटरीले हरेक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गदैं अब आफ्नो लागिमात्र नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने हरेकको सोच हुनुपर्ने धारणा राखेकी थिईन्
उहाँले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार राख्नुभयो । गिरीले सामाजिक, शैक्षिक, खेलकुद तथा स्वास्थ्य शिक्षालगायत हरेक सामाजिक सेवामा रोटरीले आफ्नो उपस्थितीसहित विभिन्न रचनात्मक एवम् सकरात्मक काम गरेकोमा सवै रोटरी क्लबप्रति धन्यवाद व्यक्त गरिन् ।

रोटरीले प्रचारमा भन्दापनि काममा विश्वास गर्ने बताउदैं उनले रोटरी क्लबका बारेमा कुरा गर्दा वा सदस्य बनिरहदा सवैभन्दा पहिलो रोटरी के हो ? बुझ्न जरुरी रहेको उनको भनाई थियो । विभिन्न पेशा तथा उद्योगी व्यावसायीहरुलाइ सांगठानिकरुपमा एक ठाउँमा गोलबद्घ बनाएर आफुमा रहेकोे सीपको सदुपयोग गर्दै समाजप्रतिको उत्तरदायित्व वहन गराउने संस्था नै रोटरी भएको उनले पटक पटक दोहोर्याईन् एजी निकिता गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबका सन् २०२४-२०२५ का अध्यक्ष डाक्टर आनन्दराज खनालले आफ्नो कार्यकालमा क्लबले गरेका विभिन्न गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

एजी गिरीले क्लबले गरेका हरेक बैठकको माईन्युट चुस्तदुरूस्त राख्न निर्देशन दिदैं आवश्यकता आधारमा क्लबले योजनावद्ध रूपमा अघि बढ्नुपर्ने बताईन् । बैठकमा सवै सदस्यको अनिवार्य उपस्थिति आवश्यक ओैल्याएकी उनले अतिथि वक्ताका रूपमा क्लबका सदस्यहरूलाई पनि उपस्थित गराउन सकिने बताईन् । क्लबका सदस्यहरूको कुनै न कुनै विषयमा दख्खल भएको हुँदा प्रस्तुतीकरण दिन सकिने उनको भनाई छ । कार्यक्रममा क्लबका सन् २०२४-२०२५ का अध्यक्ष डाक्टर आनन्दराज खनालले आफ्नो कार्यकालमा क्लबले गरेका विभिन्न गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लब एडमिनिस्ट्रेशन चियर रोहितकुमार बुढाथोकीतर्फबाट पूर्व अध्यक्ष सुजन प्रधान, रोटरी फाउन्डेसन चियर, मोहन निरौलाकोतर्फबाट पुर्व अध्यक्ष इञ्जिनियर रुद्र मैनाली, मेम्बर सीप कमिटी चियर रीता प्रधान, पब्लिक इमेज चियर भगिरथ राईकोतर्फबाट रविन सुवेदी, सर्भिस प्रोजेक्ट चियर दीपेन्द्रराज पाण्डेकोतर्फबाट कमल गुभाजु, यूथ सर्भिस चियर पेमा तामाङले सन् २०२५-२०२६ को अवधिमा प्रस्तुत गर्ने भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कायृक्रममा सन् २०२४-२०२५ का अध्यक्ष डाक्टर आनन्दनराज खनाललाई अवार्डसमेत प्रदान गरियो । सन् २०२५-२०२६ का सेक्रेटरी रविन सुवेदीले सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई सन् २०२५-२०२६ का प्रेसिडेन्ट इलेक्ट लक्ष्मीदेवी खनियाँ र प्रथम उपाध्यक्ष कृष्णराज पौडेल धन्यवाद ज्ञापन गरेका थिए ।
एकसातापछि अध्यक्ष श्रेष्ठ
अब एकसातापछि रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको नेतृत्व उदयकुमार श्रेष्ठले सम्हालने छन् । सन् २०२५ जुलाइ १ बाट वर्तमान अध्यक्ष डाक्टर आनन्दराज खनालको कार्यकाल समाप्त हुने र प्रेसिडेन्ट इलेक्ट उदयकुमार श्रेष्ठ स्वतः अध्यक्ष हुने रोटरीको प्रावधान छ । उनी अध्यक्ष भएपछि डाक्टर खनाल स्वतः इमिडेट पास्ट प्रेसिडेन्ट हुने छन् ।
उनले रोटरीले स्वास्थ्य, शिक्षा, वातावरणलगायत सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई जीवन्त राख्दैं आफ्नो कार्यकालमा क्लबलाई झन उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानमा कमि आउन नदिई आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने उनले विश्वास दिलाए ।
को हुन श्रेष्ठ ?
०३ कार्तिक २०२९ सालमा रामेछाप जिल्ला जिरीमा बाबु स्व. मोहनलाल श्रेष्ठ र आमा स्व.मीनादेवी श्रेष्ठका तीन छोरामध्ये उदय कान्छा हुन् । संस्थापक सस्दस्यको रुपमा उनी रोटरी प्रवेश गरेर अब अध्यक्ष बन्न लागेका हुन्
बि कम सम्मको अध्ययन गरेका श्रेष्ठ हरेकक्षेत्रमा उत्तिकै सक्रिय छन् । यसअघि धुलाबारी जेसीजमा एक्जेक्यूटिभ भाइस प्रेसिडेन्ट(इभिपी), नाइट चेस क्लब कार्यसमिति सदस्य, मेची उद्योग वाणिज्य संघ सचिव, नेवाः समाज समिति काँकरभिट्टा अध्यक्ष, नेवाः देय् दबु मेचीनगर अध्यक्ष, नाट्टा कोशी प्रदेश अध्यक्ष, रोटरी क्लब अफ काँकरभिट्टामा तीन पटक सचिवको जिम्मेवारी कुशल पूर्वक निर्वाह गरेका उनी राजनीतिक जिम्मेवारीमा समेत उत्तिकै लगनशील छन् । समाजमा निक्कै लोकप्रिय श्रेष्ठ पर्यटन व्यवसायी हुन् भने त्यसमा उनको राम्रो दख्खल पनि छ ।
२०६८ फाल्गुन १२ गते उदयपुरकी निश्मा श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएका श्रेष्ठ दम्पतिका एक छोरा र एक छोरी छन् ।


























