डाक्टर रुइतलाई सर्वोच्च मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ प्रदान गरिने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा)विभूषित गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित हुनेहरुमा नाम घोषणा गरिएको हो । उनीहरुलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् ।

यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिनेछ ।

त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।

यसैगरी ‘सुकीर्तिमय राष्ट्रदीप (तृतीय)’ बाट अख्तियारका आयुक्त गणेशराज जोशी, वनस्पतिविज्ञ डाक्टर तीर्थबहादुर श्रेष्ठ, पर्यटन सचिव केदारबहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी र सशस्त्र प्रहरीका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल तथा वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिने सूचना सार्वजनिक गरिएको छ ।

सुप्रबल जनसेवा श्री (तृतीय) बाट ८७ जना, कीर्तिमय राष्ट्रदीप (चतुर्थ) बाट २ सय ४२ जना, जनसेवाश्री (पञ्चम) बाट १ सय ४, राष्ट्रयशोवर्द्धक २, नेपाल सेवा प्रवीण १, समाज सेवा रत्न ११, परम पौरख भाष्कर १२, नेपाल प्रताप सुभूषण २४, अतिपौरख भाष्कर २०, नेपाल प्रताप आभूषण १४, महापौरख भाष्कर १२, नेपाल प्रताप भूषण १८, राष्ट्रसेवा पदक २, सुकीर्ति पदक १२ र प्राकृतिक प्रकोप पीडितोद्वार १३ जनालाई प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.