सकारबाट कुनै सहयोग छैन : विश्व कीर्तिमानी माउन्ट केटु सफल आरोही

A notice in Nepali from Mechinagar Ward No. 10
Group of men in traditional attire, wrapped in white and yellow cloths, with red tika on their foreheads, shouting and raising fists in celebration or protest, with a Nepali flag visible in the background.

काठमाडौँ, माघ १४ । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण  गरेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जाको आरोहीको टोलीलाई सकारबाट  कुनै सहयोग नभएको बताएका छन् ।। पुर्जाले  मंगलबार  एक कार्यक्रममा बोल्दै ”आफ्नै खर्चले ज्यानको बाजी थापेर आरोहणको लागि कठीन मानिएको माउन्ट केटु हिउँदयाममा  आरोहण गरेको र यसले नेपालीलाई संसार माझ  चिनाउन अझ सहयोग पुगेको बताए ।

हिजै रास्ट्रपति विद्या देवी भण्डारीले ट्वीट  मार्फत  सफल आरोहीहरुलाई  हार्दिक बधाई दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले  औपचारिक जानकारी भए सरकारले आफ्नो अच्छे अनुसार सहयोग गर्ने बताउनु भएको छ  ।

नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए ।नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले स्थानीय समयअनुसार शनिबार साँझ ५ः४५ बजे ८ हजार ६११ मिटर अग्लो माउन्ट केटुको सफल आरोहण गरेका थिए । पुर्जाले अक्सिजनविना नै आरोहण गरेका थिए ।

नेपाली आरोहीहरुलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.