बालमैत्री नगर घोषणाको अन्तिम चरणमा भद्रपुर

अनुगमनका लागि जिससलाई निमन्त्रणा

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर । झापाको जेठो र सबैभन्दा पुरानो नगर भद्रपुर नगरपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रदेश १ कै पहिलो नगरपालिका बन्ने अन्तिम चरणमा पुगेको छ ।

दुई वर्षअघि बालमैत्री अभियान शुरु गरेको भद्रपुरले बालमैत्री स्थानीय शासनसम्बन्धी सबै ३९ वटा सूचक पूरा गरेकोले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाको चरणमा पुगेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
नगरप्रमुख श्रेष्ठले नगरपालिकाले अवलम्बन गरेका अभियानका क्रियाकलाप, ऐन, कानून, कार्यविधि, रणनीतिक योजनालगायतको अन्तिम प्रतिवेदन बुधबार जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मीना पराजुलीलाई बुझाउनुका साथै अन्तिम अनुगमनका लागि निमन्त्रणा समेत दिएको नगरपालिकाकी सञ्चार संयोजक गंगा बरालले जानकारी दिइन् । जिल्ला समन्वय समितिले अनुगमन गरी स्वीकृति प्रदान गरेपछि सार्वजनिक समारोहका बीच भद्रपुरलाई बालमैत्री नगरपालिका घोषणा गरिने बताइएको छ ।

अभियान शुरु गरेसँगै नगरपालिकाले नगरस्तरीय बाल सञ्जाल गठन, वडास्तरीय, विद्यालयस्तरीय, टोलस्तरीय बाल क्लव गठन गरी बालमैत्री गतिविधिलाई निरन्तरता दिँदै आएको छ भने संविधानमा उल्लेख गरिएका बालबालिका सम्बन्धी प्रावधान अक्षरशः पालना गर्ने, बालमैत्री सम्बन्धी कार्यविधि, रणनीतिक योजनाका दस्तावेज तयार गरेको छ । नगरपालिकाले योजना तर्जुमा प्रक्रियादेखि सार्वजनिक महत्वका भेला, छलफलहरुमा बालबालिकाको प्रतिनिधित्व गराउँदै आएको सामाजिक शाखा प्रमुख जीवनकला राउतले जानकारी दिइन् ।
२०७६ कै अन्त्यतिर घोषणा गर्ने गरी अभियानलाई तीव्र बनाइएको भए पनि विश्व्यापी महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरस संक्रमणका कारण घोषणा कार्यक्रम केही पछि धकेलिएको कार्यक्रम संयोजक टिकाराम पाण्डेले बताए ।
बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षण हुन पाउने अधिकार, विकास र अर्थपूर्ण सहभागिताको अधिकार पूरा गरी भद्रपुर नगरपालिकामा बालमैत्री स्थानीय शासन घोषणा गरिएपछि पनि अभियानलाई थप सुदृढ र परिस्कृत गर्दै लगिने नगरप्रमुख श्रेष्ठले बताए । यो अभियानलाई बालमैत्री अभियानकर्मी सुमन ढकालले सहजीकरण गर्दै आएका छन् ।
घोषणापश्चात भदपुर बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने देशकै पाँचौं स्थानीय तह पनि बन्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.