दमकमा भोली देखी साँझ ४ देखि बिहान ८ बजे सम्म लकडाउन

A notice in Nepali from Mechinagar Ward No. 10

दमकमा भोलीदेखि आशिंक लकडाउन हुने भएको छ । कोरोना संक्रमण दिनदिने बढिरहेको दमकमा संक्रमण नियन्त्रणका लागी भन्दै भोलीबाट अपरान्ह ४ बजे देखी बिहान ८ बजे सम्म पुर्ण लकडाउन गरिने भएको हो । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा आज बसेको कोरोना रोकथाम तथा समन्वय समितिको बैठकले भोलीदेखि लागू हुने गरि बेलुका ४ बजेदेखि बिहान ८ बजे सम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

पूर्ण रुपमा लकडाउन गर्नुपर्ने आवाज उठेपनि मुख्य राजमार्ग संग जोडिएको नगरपालिका भएको तथा अन्य विविध कुराहरुले गर्दा आंशिक मात्रै लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले जानकारी दिनुभयो । आशिंक समय लकडाउन गरिएको भए पनि सो समयमा भने पूर्ण रुपमा कडाईका साथ कार्यान्वयन गरिने उहाँले बताउनु भयो । बेलुकीको समय अनावश्यक भिडभाड हुने गरेकाले त्यसलाई रोक्न सो अवधि भित्र पूर्ण रुपमा बजार पसल तथा हिंडडुलमा रोक लगाइएको प्रवक्ता अधिकारीको भनाई छ । बैठकले वडा वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरेर कोरोना संक्रमितहरुको अवस्थाबारे बुझने र आवश्यक स्वास्थ्य उपचारको बन्दोबस्ती गर्ने, बेलडागीमा निर्माणाधिन कोभिड अस्पताल आगामी आईतबार सम्ममा सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.