विप्लव नवलपरासीबाट काठमाडौं आउँदै

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आउँदै छन् । उनी नवलपरासीबाट काठमाडौं आउँदै छन् । सरकार र नेकपाबीचको वार्ता सहमतिमा आएसँगै पहिलो पटक विप्लवको तस्वीर सार्वजनिक भएको छ ।

विप्लव नवलपरासीमा शहीद परिवारलाई भेटेर काठमाडौं आउँदै छन् ।

विप्लव समूह र सरकारबीच बिहीबार तीन बुँदे सहमति भएसँगै विप्लव समूह अब मूलधारको राजनीनिमा आउने भएको छ । हतियारको राजनीति त्यागेर विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको हो ।

शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गरी विप्लव सार्वजनिक हुँदैछन् । उक्त कार्यक्रममा विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरी सम्झौता सार्वजनिक गर्ने कार्यक्रम छ ।

त्यही कार्यक्रममै ओली र विप्लवले सम्वोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.