अभियान सफल पार्न मेचीनगरमा विविध कार्यक्रम, मेचीनगरमा यसपटक शतप्रतिशतलाई औषधि खुवाउने लक्ष्य

A notice in Nepali from Mechinagar Ward No. 10
An illustration of a person's legs showing symptoms of elephantiasis, with significant swelling in one leg.

९ बैशाख, मेचीनगर : ‘मेचीनगर नगरपालिकाको आव्हान, हात्तीपाइले रोगमुक्त नगर हाम्रो अभियान’ भन्ने मुख्यः नारालाई सार्थक बनाउन नगरस्तरीय स्वास्थ्य शाखाले नगरका विभिन्न वडामा हात्तीपाइले रोग, यसबाट बच्ने उपाय तथा रोगका लक्षणलगायतका विविध विषयमा अन्तरक्रियालाई तीब्र पारेको छ । आगामी बैशाख १६ गतेबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियान शुरु हुदैंछ ।

मंगलबारबाट शुरु भएको हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम २०८०÷०८१ नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीदेखि अहिले नगरभरिका स्वास्थ्य केन्द्रका प्रमुख र केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुबीच निरन्तर छलफल अन्तरक्रिया भईरहेको छ भने, अब नगरभित्रका शैक्षिक संस्थाका प्रधानध्यापक, त्यहाँ कार्यरत शिक्षकहरुसँग शाखाले छलफल गर्ने योजना छ । त्यस लगत्तै नगरका वडास्तरमा जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुसँग समेत शाखाले अन्तरक्रिया र छलफल गर्ने स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । मेचीनगरभित्र रहेका ४२ वटा सामुदायिक विद्यालय, ५८ वटा निजी, एउटा मदरशा तीनवटा गुरुकूल एउटा इटाभट्टा र २० वटा विभिन्न कलकारखना रहेका र त्यहाँ रहेक सवैलाई यो औषधि खुवाउने बताईएको छ ।

आगामी बैशाख १६ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि तालिम प्राप्त स्वास्थ्यकर्मीहरुद्वारा खुवाइने अभियान सञ्चालन हुर्दैछ । मेचीनगरमा अभियान सफल पार्न यति खेर नगरको स्वास्थ्य शाखा सक्रियरुपमा लागि परेको शाखा प्रमुख सापकोटाले जानकारी दिनुभयो । नगर स्वास्थ्य शाखा प्रमुख सापकोटाका अनुसार गत आर्थिक वर्ष २०७८ ÷०७९ मा ७६ प्रतिशत र गत आर्थिक वर्ष २०७९÷०८० मा ८१ प्रतिशत नगरवासीले यो औषधि सेवन गरेका थिए । नगरका १५ वटा वडामा सवैभन्दाबढि वडानम्बर १४ का ९६ प्रतिशतले यो औषधि सेवन गरेका थिए । वडानम्बर ६ मा ७१ प्रतिशतले मात्र गत वर्ष हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेको अभिलेख छ । वडानम्बर १ मा ८९ प्रतिशत, २ मा ८४ प्रतिशत, ३ मा ७९ प्रतिशत, ४ मा ७५ प्रतिशत, ७ मा ७० प्रतिशत, ८ मा ८७ प्रतिशत, ९ मा ७५ प्रतिशत, १० मा ७६ प्रतिशत, ११ मा ८६ प्रतिशत, १२ मा ८७ प्रतिशत, १३ मा ६८ प्रतिशत र १५ मा ८२ प्रतिशतलाई यो औषधि खुवाइएको थियो । यो अभियान अन्तर्गत नगरभित्रका शतप्रतिशत मानिसलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अपेक्षा गरिएको छ ।

कम्तिमा कुल जनसंख्याको ९५ प्रतिशत मानिसलाई यो औषधि खुवाउन सके केहीहदसम्म अभियान सफल भएको मानिने छ । हात्तीपाइले रोगको निवारणमा चूनौती र जोखिम भनेकै हात्तीपाइले रोग विरुद्धको औषधि प्रत्येक मानिसले सेवन नगर्नु र यसका विषयमा हुने अनर्गल प्रचार नै भएको स्वास्थ्य शाखाका सहसंयोजक पुजन अधिकारी बताउनुहुन्छ । हात्तीपाइले रोगलाई हाम्रो समुदायबाट हटाउनका लागि यो औषधि सेवन गर्नु बाहेक अर्काे विकल्प नरहेको यसको नियन्त्रण तथा रोकथामको पहिलो उपचार नै हरेक नागरिकले आफुले निर्धक्करुपमा औषधि सेवन गर्नु र अरुलाई पनि सेवन गराउनु पर्ने भएको उहाँको भनाई छ । हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्नै अभियानक क्रममा नकरात्मक हल्लालाई कार्यक्रम मार्फत सकरातम्क धारणामा परिवर्तन गर्न सकिने शाखा संयोजक सापकोटाले बताउनुभयो । उहाँले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुलाई औषधि खुवाएर कार्यक्रमको शुभारमभ गरिने बताउनुभयो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष हात्तीपाइले रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गदैं आएको भएपनि सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै यो औषधि नखाइदिँदा रोग निवारणमा चुनौती छ । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ बर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई वेवास्ता गर्न नहुने सहसंयोजक अधिकारीको भनाई छ । दुइ वर्ष मूनिका बालबालिका, गर्भवती, सुत्केरी, दीर्घरोगी र अन्य रोगको औषधि खाइरहेका विरामीले हात्तीपाइले रोगको औषधि खान नहुने र अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा स्वयम्सेविकाले पनि यस्ता व्यक्तिलाई औषधि सेवन गराउन नहुने भन्दैं उहाँले भन्नुभयो ‘हात्तीपाइले रोगको एउटै उपाय भनेको औषधि सेवन नै हो तर, यो औषधि खाना खाएको दुइ घण्टा भित्रमा सेवन गर्नुपर्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.