महिला हिंसा कम गर्न मेचीनगरमा सञ्जाल गठन

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, १६ पुस | सार्वजनिक स्थलमा महिलामाथि हुने जस्तोसुकै हिंसा न्यूनिकरण गर्ने र त्यसमा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउने उद्घेश्यले मेचीनगरमा ‘सेफ्टी पिन क्याम्पिङ कार्ययोजना २०७७’ अनुसार सञ्जाल गठन गरिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा सम्पन्न भेलाले महिला तथा बालबालिका बेचविखन नियन्त्रण र महिला तथा बालबालिकाकाक्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुसहितको भेलाले सञ्जाल गठन गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।

उहाँले विभिन्न सार्वजनिक स्थल, बसपार्क, सार्वजनिक सवारी साधन, सिमेना हलसहित मानिसहरुको भीडभाडहुने क्षेत्रमा महिलाहरुलाई कुनै पनि प्रकारले यौनजन्य क्रियाकलाप र विभिन्न दुव्र्यवहार गर्ने अनैतिक कामलाई नियन्त्रण गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको बताउनुभयो ।

महिला अधिकारकर्मी वीना तामाङको अध्यक्षतामा महिला जनचेतना केन्द्र मेचीनगरकी अध्यक्ष राधा प्रधान कार्की उपाध्यक्ष विश्व सेवा विस्तारका अनिता गुरागाईँ सचिव र साना हातहरुका रमेश गुरुङ कोषाध्यक्षमा चयन हुनुभएको छ । यसैगरी सञ्जालको सदस्यहरुमा मातृका गुरुङ, लक्ष्मी तामाङ, लोकबहादुर कार्की, गंगा मगर, चन्दा शाही ठकुरी, जेनी गीता राईरहनु भएको छ ।

भेलाले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल र मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई सल्लाहकार समितिमा चयन गरेको छ । अब सञ्जालले गोप्यरुपमा सादा पोशाकमा प्रहरी र सञ्जालका पदाधिकारीहरु परिचालन हुने छन् । यदि सार्वजनिक स्थलमा महिलामाथि कुनै पनि प्रकारका यौनजन्य गतिविधि गरे तत्काल नियन्त्रणमा लिने सचिव अनिता गुरागाईले बताउनुभयो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशन अनुसार यस्तो सञ्जाल अब हरेक ठाउँमा गठन हुने छ ।

कसैले कसैलाई यौन दुव्र्यवहार  दुर्व्यवहार  गर्न वा गराउन नहुने, कसैले आफ्नो पति वा पत्नी वाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीको आसयले समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा, वा खोल्ने प्रयास गरेमा निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविकरुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धि आफ्नो अंग निजलाई छुन समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रुपमा वा विद्युतिय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्विर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुव्र्यवहार गरेको मानिने मुलुकी (संहिता) ऐन २०७४ को दफा २२४ मा प्रष्ट लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.