नेपाली सञ्चारमाध्यमहरु धनीवर्गको हातमा पर्नेमा मैनालीको चिन्ता

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा | १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले अब पनि राज्यले सञ्चरमाध्यम र सञ्चारकर्मीको बारेमा केही नसोच्ने हो भने आउने दिनमा नेपाली सञ्चारमाध्यमहरु धनीवर्गको हातमा पर्ने बताउनुभएको छ ।

सोमबार झापाको मेचीनगरमा हाम्रो खवर डट कम को कार्यालय उद्घाटन गदैं प्रदेश सभा सदस्य मैनाली नेपाल सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्था ज्यादैं न्युन भएकाले राज्यले अब सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्था सुधार्न ढिलो भइसकेको बताउनुभयो । अहिले सम्म राज्यले जति सपोट गर्नुपर्ने हो नगरेको भन्दैं उहाँले यस्तै अवस्था रहे नेपाली सञ्चारमाध्यमहरु धनीवर्गको हातमा पर्ने र देशमा भ्रष्टचार र आपराधिक गतिविधि विकृति विसंगति मौलाउने दावी गर्नुभयो ।

नेपाली सञ्चारमाध्यमहरु र त्यसमा कार्यरत सञ्चारकर्मीहरुको अवस्थाका बारेमा आफु जानकार भएको भन्दैं संघीय प्रदेश र स्थानीय सरकारले अहिले पनि उनीहरुका बारेमा केही नसोच्ने हो भने परिस्थिती दिनप्रतिदिन जटिल बन्दैं जाने तर्क उहाँले अघि सार्नुभयो । प्रदेशभरि रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आर्थिकरुपमा बलियो बनाउन आफुले पटक पटक प्रदेश सरकारसँग छलफल गरेको बताउदैं केही बजेट विनियोजन समेत गरेको उहाँले जानकारी दिनुभयो ।

कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिका प्रबन्धक विष्णु भट्टराईको अध्यक्षतामा उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस संगठन झापा अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगर अध्यक्ष लक्ष्मी उप्रेती, मेचीनगर वडा नम्बर ८ का वडाअध्यक्ष विकेन्द्र कुमार धिमाल, नेपाली काँग्रेस वडा नम्बर ८ का सभापति गिरिराज धमला, प्यासिफिक टेक्निकल टे«डिङ्ग सेन्टरका केन्द्रीय प्रमुख शंकर भट्टराई लगायतले आ आफ्नो विचार राख्नुभएको थियो । हाम्रो खबरपाटी डटकमका सञ्चालक÷प्रधान सम्पादक युवराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य हाम्रो खबरपाटीका फोटो पत्रकार मुकुन्द भट्टराईले गर्नुभएको थियो ।

कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्धारा सञ्चालित हाम्रो खबरपाटी डटकम विगत तीन वर्षदेखि मेचीनगरबाट सञ्चालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.