एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक, विदेशी खेलाडीको संख्या बढ्यो

आईसीसीको मान्यता पाएपछि नेपाल प्रिमियर लिगको दायरा फराकिलो बएको छ भने कात्तिक ९ गते उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
नेपाल प्रिमियर लिग क्रिकेटको लोगो तथा खेल मैदान

📌 मुख्य बुँदाहरू:

  • नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।
  • अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मान्यतापछि प्रतियोगितामा सहभागी टोलीले अब आठ जनासम्म विदेशी खेलाडी समावेश गर्न पाउनेछन्।
  • कात्तिक ९ गते हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुने भएको छ। प्रतियोगिताको आयोजक नेपाल क्रिकेट संघ (क्यान) र सहभागी टोलीहरू अहिले अन्तिम तयारीमा जुटेका छन् भने क्यानले यसअघि नै खेल तालिका सार्वजनिक गरिसकेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रतियोगितालाई मान्यता प्रदान गरेसँगै विश्वव्यापी रूपमा एनपीएलको प्रतिष्ठा र आकर्षण बढेको छ। यसपटक विदेशी खेलाडीहरूको दायरा पनि फराकिलो बनेको आयोजकले जनाएको छ। आईसीसीको मान्यतासँगै तेस्रो संस्करणमा सहभागी टोलीहरूले अब आठ जनासम्म विदेशी खेलाडी आफ्नो टिममा समावेश गर्न सक्नेछन्।


विदेशी खेलाडीको नयाँ नियम र खेल तालिका

यसअघि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणमा प्रत्येक टोलीले बढीमा छ जनासम्म विदेशी खेलाडी मात्र समावेश गर्न पाउने प्रावधान रहेको थियो। जसमा अधिकतम चार जना खेलाडीले मात्र एकैपटक मैदानमा उत्रन पाउँथे। नयाँ नियम अनुसार अब प्रत्येक टोलीले आठ विदेशी खेलाडी राख्न पाउनेछन्, जसमध्ये अनिवार्य रूपमा एक खेलाडी एसोसिएट राष्ट्रको हुनुपर्नेछ। यद्यपि, प्लेइङ–११ मा भने चार जना विदेशी खेलाडी मात्र राख्न पाइनेछ।

आईसीसीको मान्यता नदिएको वा सम्बन्धित देशको घरेलु क्रिकेट बोर्डले अनुमोदन नगरेको प्रतियोगिता खेलेका खेलाडीहरूले एनपीएल खेल्न पाउने छैनन्। आगामी कात्तिक ९ गते हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.