हारसँगै बैंगलोर प्लेअफबाट बाहिरिँदा, मुम्बई अन्तिम चारमा

A notice in Nepali from Mechinagar Ward No. 10

इण्डियन प्रिमियर लिग (आइपिएल)को प्ले अफ समीकरण पूरा भएको छ।

गएराति भएको समूह चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोर गुजरात टाइटन्ससँग पराजित भएसँगै प्लेअफबाट बाहिरियो। बैंगलोरले घरेलु मैदानमा दिएको १९८ रनको विजयी लक्ष्य गुजरातले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।​

गुजरातको जितमा शुभमन गीलले १०४ रनको शतकीय पारी खेलेका थिए भने विजय शंकरले ५३ रन बनाए। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले विराट कोहलीको १०१ रनको मद्तमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो।​

गीलले आइपिएलमा लगातार दुई शतक बनाउने रेकर्ड बनाएका छन्। यसै खेलमा शतक बनाएका विराट कोहलीले पनि आइपिएलमा लगातर शतक बनाउने खेलाडी बनेका छन्।

यो हारसँगै बैंगलोर प्लेअफको दौडबाट बाहिरिएको छ भने मुम्बई इण्डियन्स चौथो स्थानमा रहदै प्लेअफमा पुगेको छ। गएराति नै भएको अर्को खेलमा मुम्बईले सनराईजर्स हैदरबादलाई ९ विकेटले हराएको थियो।

योसँगै गुजरात शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने चेन्नई सुपर किंग्स दोस्रो, लखनउ सुपर जाइन्टस तेस्रो र मुम्बई इण्डियन्स चौथो स्थानमा रहेर प्लेअफमा पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.