एक नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न

मेन्स डबल्स तर्फको उपाधि पविन लिङथेप र पेम्बा शेर्पाको जोडी, भेट्रान डबल्सतर्फको उपाधि दीपक राई र सुनिल परियारको जोडीलाई

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा,२४ पुस । झापाको मेचीनगरमा सम्पन्न १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको मेन्स डवलतर्फको उपाधि सोलुका पविन लिङथेप र पेम्बा शेर्पाको जोडीले जितेको छ । शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाचथरका दिवस शंकर विक र एशिया जवेगुको जोडीलाई २१—१४, १९—२१ ,१९—२१ को वेष्ट अफ थ्रीमा पराजित गर्दे लिङथेप र शेर्पाको जोडीले उपाधि जितेको हो ।


जीतसँगै नगद ५१ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो । उपविजेता टिम पाचथरका दिवस शंकर विक र एशिया जवेगुको जोडीले नगद ३१ हजार रुपैयाँ र शील्ड तथा प्रमाण पत्रमा चित्त बुझायो । धरान सुनसरीका सूर्य श्रेष्ठ र विशाल तामाङ, मेची व्याडमिन्टन क्लब मेचीनगरका सुजन श्रेष्ठ र प्रनिससिहं ठकुरीको जोडीले तेस्रो स्थानका साथ नगद २० हजार रुपैयाँ र शील्ड तथा प्रमाण पत्र प्राप्त गरेको थियो । प्रतियोगिताको मेन्स डबल्स तर्फको पहिलो नगद पुरस्कार मेची नेत्रालय आँखा अस्पतालले प्रायोजन गरेको हो ।

यसैगरी भेट्रान डबल्सतर्फको उपाधि खोटाङका दीपक राई र सुनिल परियारको जोडीले जितेको छ । जीतसँगै नगद नगद २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारे । खोटाङको जोडीले झापा विर्तामोड व्याडमिन्टन क्लबका सञ्जय भक्तराज र गणेश कार्कीको जोडीलाई २१—२३, १५—२१ को सोझो सेटमा पराजित गरेको थियो । पराजित जोडीले नगद १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । तस्रो स्थानमा पुगेको झापाका भवानी आङदम्बे र सुरेश न्यूयोगको जोडी तथा मोरङका जीवन वोगटी र विश्वप्रताप शाक्यको जोडीले १० हजार तथा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाको आयोजनामा मेची सामुदायिक भवनमा सम्पन्न प्रतियोगिता फाइनल खेलका विभिन्न विधाका विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेश सभा सदस्य गोपादचन्द्र बुडाथोकी, नेपाल व्याडमिन्टन महासंघका केन्द्रीय अध्यक्ष रामजी श्रेष्ठ, मेची नेत्रालयका प्रशासन प्रमुख पुनम प्रधान, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, उद्योगी मिनप्रकाश मैनालीलगायत नगदसहित पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य गोपादचन्द्र बुडाथोकी, नेपाल व्याडमिन्टन महासंघका केन्द्रीय अध्यक्ष रामजी श्रेष्ठले बोल्नुभएको थियो ।

खेल संयोजक हरिप्रसाद तिम्सिनाको सभापतित्वमा भएको समापन समारोहको सञ्चालन आयोजक क्लबका सदस्य ओमप्रकाश दाहालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.