इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट: थण्डर-११ को सानदार जित, सेमिफाइनलमा प्रवेश

A notice in Nepali from Mechinagar Ward No. 10

२४ फागुन, मेचीनगर : झापाको मेचीनगर-४ स्थित बाहुणडाँगी सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगितामा थण्डर-११ ले प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार सम्पन्न खेलमा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्दै थण्डर-११ अन्तिम चारमा प्रवेश गरेको हो।

खेलको टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको सरस्वती क्रिकेट एकेडेमीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७९ रनको कमजोर स्कोर खडा गर्‍यो। सरस्वतीका लागि सौरभ ढकालले सर्वाधिक १८ रनको योगदान दिए। उनले २० बल सामना गर्दै १८ रन बनाए। त्यस्तै, समीर महराले १४ बलमा १७ रन जोड्दा, सुनिल मिश्र र प्रेम सिंहले समान १२-१२ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन नसक्दा टोली ७९ रनमै अलआउट हुन पुग्यो।

बलिङतर्फ थण्डर-११ का खेलाडीहरू अत्यन्त प्रभावशाली रहे। रोहित राजवंशीले सर्वाधिक ४ विकेट लिएर सरस्वतीको ब्याटिङ लाइनअपलाई ध्वस्त बनाए। एलिट राईले २ विकेट हात पार्दा, शिव राजवंशी, चन्द्र भट्टराई, आयुस न्यौपाने र विजय भट्टराईले समान १-१ विकेट लिए।

७९ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको थण्डर-११ ले ७.४ ओभरमै ४ विकेटको क्षतिमा सहज जित हात पारे। थण्डरका लागि विराट डाँगीले उत्कृष्ट ब्याटिङ गर्दै २३ बलमा अविजित ४३ रन बनाए। चन्द्र भट्टराईले १६ बलमा २० रन जोड्दा, नृत्यले ६ बलमा तीव्र गतिमा १६ रन बनाएर टोलीलाई जित नजिक पुर्‍याए।

बलिङतर्फ सरस्वती क्रिकेट एकेडेमीका लागि युवराज श्रेष्ठले ३ विकेट लिए भने नवराज भुजेलले १ विकेट झारे।

उत्कृष्ट प्रदर्शन गरेका थण्डर-११ का रोहित राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ४ विकेट हात पार्दै टोलीको जितमा महत्त्वपूर्ण योगदान दिए। उनलाई पुरस्कारस्वरूप नगद १ हजार रुपैयाँ र मायाको चिनो प्रदान गरियो।

प्रतियोगिता फागुन २१ गतेदेखि सुरु भएको हो। फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

प्रतियोगिता आयोजना गर्ने बाहुणडाँगी युवा क्लबले यस क्रिकेट प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्नु रहेको बताएको छ। आयोजकका अनुसार, यस प्रतियोगिताले क्षेत्रीय स्तरमा क्रिकेटप्रति युवाहरूको चासो र सहभागिता बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.