फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आज (बिहीवार)बाट शुरू हुँदैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रूपमा आयोजना हुने महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।
महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुँदैछ । उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्दै छन् ।
यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् ।


























