तेस्रो ‘रेडपाण्डा महोत्सव’ भव्य सुरु: “रेडपाण्डाकाे संरक्षण सवैकाे दायित्व” मन्त्री पराजुली

A notice in Nepali from Mechinagar Ward No. 10

२० चैत,सन्दकपुर : (ईलाम) काेशी प्रदेश सरकारका वन,वातावरण तथा पर्यटन मन्त्री भिम पराजुलीले लाेपाेन्मुख वन्यजन्तु रेडपाण्डाकाे संरक्षणका लागि तीनै तहका सरकारले हातेमाले गर्न जरूरी रहेकाे बताएका छन् ।

इलामकाे सन्दकपुर गाउँपालिका-०४ कालपाेखरीमा आजबाट शुरू तेस्राे रेडपाण्डा महाेत्सवकाे उद्घाटनका अवसरमा प्रमुख अतिथिका आसनबाट मन्त्री पराजुलीले उक्त कुरा बताएका हुन् । ” संसारमै रेडपाण्डाकाेे संख्या १० हजारजति छ, त्यसकाे ५ प्रतिशतकाे संख्यामा रेडपाण्डा नेपालमा छन् । तिनीहरूकाे संरक्षण र सम्बर्द्धन गर्नु संघीय, प्रदेश र स्थानीय सरकारबीचकाे समन्वय जरूरी छ ।” मन्त्री पराजुलीले भने । आज सन्दकपुर गाउँपालिकाले तेस्राे रेडपाण्डा महाेत्सव आयाेजना गरेकाेमा गाउँपालिकालाई मन्त्री पराजुलीले धन्यवाद समेत ज्ञापन गरे ।
आगामी दिनमा यसका लागि प्रदेश सरकारले जस्ताे सुकै साथ सहयाेग गर्ने मन्त्री पराजुलीले विश्वास दिलाए ।

सन्दकपुरले आफुलाई पर्यटकिय क्षेत्रका रूपमा स्थापित गरेकाे भन्दै यसक्षेत्रकाे पर्यटनको विकास सम्बर्द्धन र संरक्षणका लागि काेशी प्रदेश सरकार लाग्ने मन्त्री पराजुलीले प्रतिवद्धता व्यक्त गरे । सन्दकपुर पर्यटनकाे प्रचुर सम्भावना बाेकेकाे भन्दै उनले प्रकृतिकाे साैन्दर्य र रमणीय सन्दकपुरका विभिन्न स्थानले पर्यटकलाई आफूतिर आकर्षण गर्ने मन्त्री पराजुलीले दाबी गरे ।

लाेपाेन्मुख वन्यजन्तु रेडपाण्डाकाे संरक्षणमा सचेतना जगाउने, रेडपाण्डाकाे माध्यमबाट इलामकाे सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय गन्तव्य र पदमार्गकाे प्रवर्द्ध गर्ने लगायतका उद्धेश्यले इलाममा तेस्राे रेडपाण्डा महाेत्सव शुरू भएकाे हाे ।

सन्दकपुर गाउँपालिकाले आयाेजना गरेकाे महाेत्सव चैत २३ गतेसम्म चार दिनसम्म चल्ने तेस्राे रेडपाण्डा महाेत्सव संयाेजक सन्दकपुर गाउँपालिका – ०४ का वडाध्यक्ष सनम राईले जानकारी दिए ।
वातावातावरण र वनजंगलकाे संरक्षणका लागि सवैसँग हातेमालाे गर्न, वनजंगल र वन्यजन्तुकाे माध्यमबाट पर्यटन प्रवर्द्धन भई सन्दकपुरवासीकाे आय आर्जनमा वृद्धि गर्न महाेत्सव आयाेजना गरिएकाे संयाेजक राईले बताए ।

महाेत्सवकाे पहिलाे संस्करण २०८० चैत २० देखि बैशाख १ गतेसम्म र दाेस्राे संस्करण २०८१ चैत २७ देखि २३ गतेसम्म भएकाे थियाे । यस्ता महाेत्सवले समुदायमा लाेपाेन्मुख वन्यजन्तु रेडपाण्डाका बारेमा सचेतना अभिवृद्धि हुने, रेडपाण्डासँगै वन , वन्यजन्तु र चराचुरुङ्गी, जडीबुटी अध्ययन गर्ने, पर्यटककाे सन्दकपुरमा आकर्षण र पर्यटन व्यवसायीकाे लगानीमा वृद्धि हुने, सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीय स्थलहरूकाे प्रचार प्रसारमा सहयाेग पुग्ने विश्वास व्यक्त गरिएकाे छ ।

चार दिनसम्म सञ्चालन हुने महाेत्सवमा पर्यटनसँग जाेडिएका विविध विषयमा प्यानल डिसकस, विद्यार्थीबीच वकतृत्वकला, पदमार्ग, सम्मानलगायतका समेत कार्यक्रम सञ्चालन हुने छन् ।

उद्घाटन सत्रमा बाेल्दै पर्यटन मञ्च झापा नेपालका अध्यक्ष उदयकुमार श्रेष्ठले यस्ता महाेत्सवले सन्दकपुर र स्थानीयस्तरमा प्रचार प्रसार अभावका कारण ओझेलमा परेका पर्यटकीय क्षेत्रकाे विकास र प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

याे महाेत्सवले रेडपाण्डा जस्ताे लाेपन्मुख वन्यजन्तुकाे संरक्षणका लागि समेत सकरात्मक सन्देश प्रवाह गर्ने ट्राभल व्यवसायी समेत रहेका श्रेष्ठले बताए । स्थानीय व्यवसायीहरूकाे व्यपारमा समेत वृद्धि हुने, आर्थिक काराेवार चलायमान हुने उनले विश्वास व्यक्त गरे ।
उद्घाटन सत्रमा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई,एसीटी भारतका उपाध्यक्ष गीताली लहरी, केचना कञ्चाजंघा पर्यटन विकास समितिका अध्यक्ष नरेन्द्र बुढाथोकी, सिक्किम पर्यटन विभागका पर्यटनदुत, स्वच्छ भारत, पर्यटन तथा वन वातावरण अभियन्ता श्यमा सि शेर्पा, प्रकृति संरक्षण अभियन्ता साेमयाेदित दत्तलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शेर्पा, मगर र राई किरात समुदायकाे कला, संस्कृति र पहिचान झल्किने झाँकी प्रस्तुत गरेका थिए ।

विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, जनप्रतिनिधिहरू, झापा, ईलाम, माेरङ्ग, सुनसरीलगायत अन्य जिल्लामा पर्यटनका क्षेत्रमा सक्रिय संस्थाका प्रमुख प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी , सञ्चारकर्मी , अधिकारकर्मी सहित नेपाललगायत छिमेकी भारतकाे सिलीगुडी,सिक्किम, दार्जिलिङ, डुवर्स,दिल्लीलगायतका पर्यटनकर्मीहरूकाे उत्साहजनक उपस्थिति थियाे ।

सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरूङकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे सञ्चालन प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू र सहभागी सवैलाई महाेत्सव आयाेजक समितिका संयाेजक सनम राईले शब्दमार्फत स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.