त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र अब हुलाकबाटै विद्यार्थीको घरमा

त्रिवि र हुलाक सेवा विभागबीच भएको सम्झौतापछि विद्यार्थीले अब कार्यालयमा धाइरहनु नपर्ने, ट्र्याकिङ प्रणालीमार्फत प्रमाणपत्र सुरक्षित रूपमा घरदैलोमै पुग्ने व्यवस्था गरिएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
त्रिवि प्रमाणपत्र हुलाक सेवा सम्झौता कार्यक्रम

📌 मुख्य बुँदाहरू:

  • त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र र कागजातहरू हुलाकमार्फत पठाउने सम्झौतामा हस्ताक्षर भएको छ।
  • सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।
  • प्रमाणपत्र तथा चिठीपत्रलाई ट्र्याकिङ बारकोडसहित 'Postal Tracking System (PITS)' मा दर्ता गरी सुरक्षित रूपमा विद्यार्थीको ठेगानामा पुर्‍याइनेछ।
  • विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा कागजातहरू उनीहरूकै हातमा पुर्‍याउने यो लामो समयदेखिको योजना रहेको त्रिविले जनाएको छ।

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ। विश्वविद्यालयको यो नयाँ व्यवस्थाले प्रमाणपत्र लिनका लागि मात्रै क्याम्पस वा कार्यालय धाउनुपर्ने विद्यार्थीहरूको बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ।

यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्रहरू विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत उनीहरूसम्म सुरक्षित रूपमा पुर्‍याइनेछ।

२२ बुँदे सम्झौता र ट्र्याकिङ प्रणाली

कुल २२ बुँदामा समेटिएको उक्त सम्झौताअनुसार प्रमाणपत्र तथा अन्य चिठीपत्रलाई व्यवस्थित रूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित Postal Tracking System (PITS) मा दर्ता गरिनेछ। यस प्रणालीले कागजातहरू सही ठेगानासम्म पुगेरनपुगेको अनुगमन गर्न सहज बनाउनेछ। कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले विश्वविद्यालयका सेवाहरूलाई हुलाकसँग जोडेर विद्यार्थीको घरदैलोमै पुर्‍याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गरे।

त्यस्तै, हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा नागरिक र राज्यलाई जोड्ने सशक्त माध्यम भएको बताउँदै त्रिभुवन विश्वविद्यालयको यस कदममार्फत जनतालाई घरघरमै सेवा पुर्‍याउने जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरिन्। यस व्यवस्थाले सेवाग्राहीलाई छिटो, छरितो र झन्झटमुक्त सेवा प्रदान गर्न ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.