जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक, ६ नदी बेसिन र ४ जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम

बाढी पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गरिने।

A notice in Nepali from Mechinagar Ward No. 10
जल तथा मौसम विज्ञानसँग सम्बन्धित फाइल तस्बिर

📌 मुख्य बुँदाहरू:

  • सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र सार्वजनिक गरेको छ।
  • विपद् जोखिम न्यूनीकरण तथा बाढीको पूर्वसूचना प्रणाली ६ वटा प्रमुख नदी बेसिनमा विस्तार गरिने भएको छ।
  • अत्यधिक जोखिममा रहेका ४ वटा हिमतालको पानीको सतह घटाउन 'ग्लोफ सञ्जीवनी आयोजना' अघि सारिएको छ।

सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र सार्वजनिक गरेको छ। जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई मध्यनजर गर्दै सरकारले आधुनिक प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानमार्फत नागरिकको जीवन र सम्पत्तिको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र नेपाल मौसम विज्ञान विभागले छुट्टाछुट्टै सार्वजनिक गरेको श्वेतपत्रले नेपालको जलस्रोतको दिगो उपयोग, जलवायु अनुकूलन पूर्वाधार निर्माण, हवाई सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा स्पष्ट दिशानिर्देश गरेको छ। यसैगरी आधुनिक प्रविधिको प्रयोग र खुला तथ्याङ्क प्रणालीलाई प्रभावकारी बनाउने उल्लेख छ।

६ नदी बेसिन र ४ जोखिमयुक्त हिमतालमा विशेष कार्यक्रम

सरकारले विपद् जोखिम न्यूनीकरण तथा बाढीको पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ६ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने र चारवटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि बढाएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि भई हिमनदी पग्लिने, हिमपहिरो जाने र हिमताल विस्फोटको जोखिम बढ्दै गएपछि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको पाँचवर्षीय रणनीतिक योजना र मौसम विज्ञान विभागको श्वेतपत्रमार्फत नयाँ रणनीति सार्वजनिक गरिएको हो।

ग्लोफ सञ्जीवनी आयोजनामार्फत हिमतालको सतह घटाइने

अत्यधिक जोखिममा रहेका मनाङको ठुलागी, संखुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु-२ हिमतालको पानीको सतह घटाउन 'ग्लोफ सञ्जीवनी आयोजना' अघि सारिएको छ। सन् २०२६ देखि २०३३ सम्म सञ्चालन हुने यस आयोजनाको कुल बजेट करिब ४९.९ मिलियन अमेरिकी डलर रहेको छ। यसअघि दोलखाको रोल्वादिङ उपत्यकामा रहेको छो-रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह सफलताका साथ घटाइसकिएको अनुभवलाई आधार मानी यी नयाँ हिमतालहरूमा पनि जोखिम न्यूनीकरणका उपाय अपनाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.