अलैंचीको भाउ बढेपछि किसानहरु खुसी

A notice in Nepali from Mechinagar Ward No. 10

झापा,जेठ २७ । अलैंची भाउ बढेपछि किसानहरु खुसी भएका छन् । सिजन सुरु हुँदा प्रतिमन २३ हजार रुपैयाँ रहेको अलैंचीको मूल्य अहिले ३५ हजार रुपैयाँ पुगेको छ ।

निषेधाज्ञायतामात्रै अलैंचीको मूल्यमा प्रतिमन १२ हजार रुपैयाँ वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढेसँगै भाउ आकाशिएको बताइएको छ । अलैंचीको मूल्य ४० हजार रुपैयाँसम्म पुग्ने व्यापारीको अनुमान छ ।

भारतमा अलैंचीको फसल मरेकाले, नेपाली अलैंचीको माग बढेको र मूल्यमा वृद्धि भएको व्यापारीको भनाइ छ । आगामी वर्ष अलैंचीको मूल्य थप बृद्धि हुने बिमली बताउँछन् ।

इद पर्वमा अलैंचीको खपत बढ्छ, केही दिनयता भारतमा कोभिड संक्रमणको दर घट्दो छ, यस वर्ष इद पर्व मनाउन सकिने भन्दै अलैंचीको माग बढेको छ ।

अघिल्लो आवको १० महिनाको अवधिमा ३ अर्ब ३४ करोड २९ लाख ६२ हजारबराबरको ४१ लाख ६१ हजार ९ सय ३ केजी निर्यात भएको थियो । अलैंची छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुकमा निर्यात हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.